Sun. May 19th, 2024

काठमाडाैं । 
विश्वकै सर्वाधिक महँगा फुटबलर नेयमार गतसिजन विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन पाउण्डमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पिएसजी पुगेका थिए।
बार्सिलोना छोडेको धेरै समय नबित्दै अर्को स्पेनिस क्लब रियल म्याड्रिडले उनलार्इ भित्र्याउन चाहेको बताउँदै अाएको थियो। लगातार चर्चा–परिचर्चा तथा हल्ला र विवादको विषय बन्दै उनको रियल म्याड्रिड जाने विषय पुनः शिखरमा पुगेको छ।
यसपटक नेयमार अाफैँले पनि यो समरमा पेरिस सेन्ट जर्मनलाई स्पष्ट पारेका छन् कि उनी रियल म्याड्रिड जान चाहन्छन्। तर, फ्रेन्च ट्रेबल विजेताले पिएसजीले नेयमारलार्इ क्लबमा राख्नका लागि हरसम्भव कोसिस गर्ने बताएको छ।
तर, नेयमार अाफैँ रियल जान चाहेको कुरा व्यक्त गरेपछि सर्वत्र हल्ला र चर्चाको विषयले अन्तत निकास पाउने अनुमान विश्व फुटबल जगतले गरेको छ।
यस्तो छ तयारी
नेयमारको रियल म्याड्रिड जाने विषयमा कुरा गर्न उनका एजेन्ट पिनी जाहभी र बुबाले रियल म्याड्रिडका प्रेसिडेन्ट फ्लोरेन्टिनो पेरेजसँग भेटेका थिए। र, त्यसको १ दिन पछि उनले वकिलसँग पनि भटेका थिए।
यतिमात्र नभर्इ नेयमारका एजेन्ट जहाभी नेयामारको स्थानमा बार्यनका रोवर्ट लेवाण्डोस्कीसँग पनि सम्पर्कमा रहेको बतार्इएको छ। जुन कुराले नेयमारको रियलजाने विषयमा अझ सकरात्मक उर्जा थपेको छ।
तर, पिएसजीले नेयमारले अनुबन्ध गरेको समय २०२२ सम्म उनलार्इ क्लबमै राख्न चाहेको बताउँदै अाएको छ। यदी रियल म्याड्रिडले प्रोपोजल ल्याउँछभने पनि विश्वकपको अन्त्य भन्दा अगडी स्वीकार्य नहुने बोर्डले बताएको छ। जुन विश्वकप जुलार्इ १५ मा सकिनेछ।
नेयमार रियल जान सक्ने कारणहरु
गत सिजन नेयमार पिएसजी पुगे लगत्तै उनका टिममेट एडिसन कभानीसँग पेनाल्टी कसले हान्ने भन्ने विषयमा उनको खटपट भएको थियो। जसका कारण पनि उनी फ्रेन्च लिग च्याम्पियनसँग सन्तुष्ट छैनन्।
त्यसैगरि, उक्त घटनाको केही समय पछि पत्रकारले बार्सिलोनाको सम्झनाका बारेमा सोध्दा उनी रोएका थिए, यसबाट पनि उनी राम्रो माैका पाए अर्को क्लबमा जाने कुरामा विश्वस्त हुन सकिन्छ।
पिएसजीको प्रतिक्रिया
यतिसबै हुँदै गर्दा पिएसजी बोर्डले नेयमार पिएसजीमै रहने विश्वास जनाएको छ। पिएसजीका पूर्व प्रशिक्षक युनाइ एम्रीले भनेका छन्, ‘म नेयामारको प्रवक्ता हुन चाहन्न तर, मलार्इ लाग्छ नेयमार अाउँदो सिजन पिएसजीमै हुनेछन्। यो क्लब र खेलाडी दुवैका लागि फाइदा जनक हुन्छ।’
पिएसजीका प्रेसिडेन्ट नसेर अल खलाइफीले नेयमारको क्लब प्रतिस्थापनका विषयमा भने, ‘कस्ले भन्यो उनी यहाँ हुँदैनन्, हामीसँग उनी २०२२ सम्मका लागि अनुबन्धित छन्।’ उनले स्पेनिस मिडियाले जहिले पनि स्पेनिस क्लबलार्इ माथि राखेर काम गर्ने, फ्रेन्च मिडियाले कसकालागि काम गर्नुपर्छ भन्ने हेक्का नराखको अारोप समेता लगाएका छन्।
उनले थपे, ‘क्लब भन्दा ठूलो कुरा केही पनि होर्इन, नत खेलाडी, नत प्रशिक्षक। बोर्डले जहिले पनि क्लबको हितमा कार्य गर्दछ। जो यसमा खुशी हुन सक्दैनन् तिनीहरु जान सक्छन्।’
चोटका बाबजुद पनि नेयमारले पिएसजीका लागि २० खेलमा १९ गोल गरिसकेका छन्। यसका साथै उनले फ्रेन्च वर्षखेलाडीको अवार्ड पनि हात पारिसकेका छन्।चोटका कारण फेब्रुअरीदेखि मैदान बाहिर रहेका नेयमार विश्वकपका लागि ट्रेनिङमा फर्किसकेका छन्।

Leave a Reply

%d bloggers like this: