Sun. May 19th, 2024

काठमाडाैं । 
चलचित्र ‘पण्डित बाजेको लौरी’को टिजर सार्वजनिक भएको छ । बादी जातीको कथामा बनेको चलचित्रको टिजर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
टिजरमा एउटै गाउँका बादी परिवार र पण्डित्याइ गर्ने परिवार बिचको सम्बन्धलाई देखाइएको छ ।लचित्रमा पण्डितको रूपमा प्रवीण खतिवडा देखिएका छन् , जसको सम्बन्ध सन्ध्या(बदिनी) सँग रहेको हुन्छ ।
टिजरमा विजय बराल र सन्ध्या केसी बादी र बदिनीको भूमिकामा देखिएका छन् । विजय मादल बनाउँछन् भने सन्ध्या जीवनयापनको लागी आफ्नो शरीर बेच्ने गर्छिन् ।
दीपक ओलीको निर्देशनमा बनेको चलचित्रमा प्रवीण,सन्ध्या र विजयको अलावा भोलाराज सापकोटा, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, लोकेन्द्र विक, विशाल पहारी, कुलदिप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।
थमनकुमार भण्डारी र किशोर खड्काकाे  निर्माण गरिएको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् भने दवाडीको नै पटकथा र संवाद रहेको छ ।

Leave a Reply

%d bloggers like this: