Mon. May 6th, 2024

काठमाडाैं । 
दाङमा मंगलबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा युवा संघको टिमलाई हराउँदै पत्रकारको समूह विजयी भएको छ ।
पत्रकार महासंघको टोली युवा संघलाई ७–० गोलको फराकिलो अन्तरले हराई विजयी भएको हो । युवा संघ नेपालको २८ औँ स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार, युवा संघ, कानून व्यवसायी र निजामती कर्मचारीको टोलीले प्रतिस्पर्धा गरेका थिए । युवा संघले निजामती कर्मचारी र पत्रकारले कानून व्यवसायीलाई जितेर फाइनलका लागि यात्रा तय गरेका थिए ।
पत्रकारको तर्फबाट रामकृष्ण बस्नेतले तीन गोल गर्नुभएको थियो । युवा संघ दाङको टोलीमाथि हावी भएको पत्रकारको टोलीका तर्फबाट सविन प्रियासन, रुपक थापा, मनिष पाण्डे र गोपाल कुँवरले एक÷एक गोल गरी पत्रकारको टोलीले सात गोल गरेको थियो । सात गोलले विजयी भएको पत्रकारको टोलीले एउटा खसी उपहार प्राप्त गरेको छ ।
प्रतियोगितापश्चात बोल्ने वक्ताले युवा सिर्जनशील हुनुपर्ने भन्दै खेललाई सद्भाव र भाइचाराको सम्बन्ध गराउने माध्यमका रुपमा लिन आग्रह गरेका थिए । खेलले सबैलाई मिलन गराउने भन्दै मैत्रीपूर्ण फुटबलले सबैलाई सद्भावको बाटोमा डो¥याउने विश्वास व्यक्त गरेका थिए ।
सो अवसरमा नेकपा (एमाले) का जिल्ला अध्यक्ष टीकाराम खड्का, प्रदेश सांसद रेवतीरमण शर्मा, युवा संघका केन्द्रीय सचिवालय सदस्य मनोहर बुढाथोकीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

%d bloggers like this: