Wed. May 1st, 2024
फिल्म ‘सायद’को सिक्वेल ‘सायद २’ असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । यसको पहिलो भागलाई युवापुस्ताका दर्शकहरुले निकै रुचाएका थिए । दुर्गिश फिल्मसको ब्यानरमा सुनिल रावलले निर्माण गरेको फिल्म ‘सायद २’ लाई पनि दर्शकहरुले रुचाउनेमा निर्माणपक्ष विश्वस्त देखिएको छ । यो फिल्मको केही दिन अगाडि ‘पहिलो प्रेम…’ बोलको रोमान्टिक गीत रिलिज भएको थियो । जुन गित अहिले निकैनै चर्चित भएको छ।चलचित्र राम्रो भनेको छ सुनिल भन्छन भने कतिले प्रतिक्षित चलचित्र पनि भनेका छन् । प्रचारप्रसारको क्रमलाई निरन्तरता दिदैँ चलचित्रको टिमले नयाँ तरिकाले चलचित्रको प्रोमोशनको गर्ने भएको छ ।
चलचित्र सायद २ को आज भोलि प्राय फेसबुकमा प्रोफाइल फोटो बनाएको देख्न सकिन्छ। यो तरिकाले सबै सग जोडिन पुग्ने छ यो एप्स सार्वजनिक गर्दै दर्शकहरुलाई चलचित्रसँग प्रत्यक्ष जोड्ने प्रयास गरेका छौ भन्छन सुनिल। जस्ले बढी एप्स प्रयोग गरेर सायद २ को नाम अङ्कित आफ्नो तस्बिर बनाउछ अथवा बढी प्रचार प्रचार मा सहयोग गर्छ उसलाई गोलाप्रथा बाट छानिएका भाग्यमानी २ जनाले २ दिनको पोखरा भ्रमण जान पाउनेछन् भने जोडि श्रीमान श्रीमती केटा साथी केटी साथी जो पनि जान पाउने छन।त्यो एप्स लाई सबैले शेयर गरेर सबैको प्रोफाइल तस्बिर सायद २ बनाउनु पर्ने छ,सायद २ ले ल्याए २ जोडि लाई २ दिन पोखरा खान बस्न आफ्नै खर्चमा खान बस्न देखि लिएर घुमाउन सबै खर्च सायद २ टिम ले गर्ने छ।
चलचित्रको डायलक र गीत आम दर्शक को मुखमा झुन्डिन सफल भएको छ। फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । फिल्ममा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय छ । फिल्ममा सुनिलसँग ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माणमा सहकार्य गरेका छन् । हेमदेव गौतम र कृष्ण प्रधान पनि सह–निर्माताको रुपमा छन् । युवापुस्ता लक्षित सिनेमा निर्माण गर्दै आइरहेको दुर्गिश फिल्मसले यसअघि ‘सायद’ सँगै ‘सायद २’, ‘होस्टेल’, ‘होस्टेल रिर्टन्स’ फिल्म निर्माण गरिसकेको छ  ।
सायद २ तस्वीर बनाउने एप्स
http://l.facebook.com/l.php?u=http%3A%2F%2Ffb.reelnepal.com%2F&h=ATMAR8x9ZXPv34WQpUstVrg80_0IY42M2VLmKH29ZPnnRdaepTo_U1u0XQW3eFQG5t1yUhAQimc7mI11mxVjvl1YKHt4_XCBb13SeTGVdAb5grk6J7Eg8R5OPGk8hg&s=1

 

Leave a Reply

%d bloggers like this: