Tue. Apr 30th, 2024

युवा स्टार अनमोल केसीको मुख्य भूमिका रहने फिल्म‘कृ’को छायांकन शुरु हुने पक्का भएको छ l अनमोल केसी नेपाली वक्सअफिसमा स्टारडम बिक्ने एक मात्र अभिनेता कहलिएकोमा धेरैको शंका नहोला । नामले टिकट बिक्री हुने अनि रिलिज भएका सबै फिल्मका निर्मातालाई मुनाफा दिने एक मात्र स्टार अनमोल छन् l अनमोलले खेलेको फिल्मको स्कृप्ट अनि अभिनयमाथी चार फिल्म आइसक्दा पनि फ्यान तथा फिल्मकर्मी भने सन्तुष्ट छैनन् । होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ चारै फिल्म वक्सअफिसमा सुपरहिट भए पछि केहि महिना पहिले घोषणा गरिएको फिल्म ‘कृ’ को तयारी सकेर अब फ्लोरमा जाने पक्का भएको छ चलचित्र कृ को छायांकन अब बैशाख ११ गतेबाट शुरु हुने भएको छ l भुवन के सी र सुबास गीरी को लगानीमा निर्माण हुन लागेको उक्त चलचित्रमा सुरेन्द्र पौडेललको निर्देशन रहनेछ भने चलचित्र को मुख्य भूमिकामा अनमोल के सी र अदिति बुढाथोकी रहनेछन l फ्लोरमा नजादै कृ को चौतर्फी चर्चा परिचर्चा भैसकेको छ l बहुप्रतिक्षित चलचित्र कृ मा नायक अनोमोल के सीले दर्शक हरुको चाहना अनुरुप धेरै मेहेनत गरि आफुलाई फरक शैलीमा प्रस्तुत गर्न लागेका छन् l

Leave a Reply

%d bloggers like this: