Fri. May 3rd, 2024

मनोरंजनसंसार डटकम
यति बेला नेपाली गीत संगीतलाई नियालेर हेर्ने हो भने धेरै विकास संग संगै परिवर्तन भईसकेको छ । नया पुस्ताको आगमनले धेरै कुरामा नयापन लिएर आउनु पर्ने जरुरी पनि रहयो । युवा पुस्ताले यति बेला धेरै जसो ठाउँमा आफ्नो पकड बनाएको छ । त्यस हिसाबले यो पुस्तालाई समेट्ने गीत संगीतको निर्माण कार्य पनि सुरु भयो । पुराना स्रष्टाहरुले त आफ्नो योगदान धेरै नै दिनु भयो जसले आजको यो स्थान सम्ममा नेपाली गीत संगीतलाई लिएर पनि आयो । तर यसको मार्ग दर्शन भने युवा स्रष्टाहरुले नै गरिरहेको अवस्था छ । यस्तै एक व्यक्ति हुन् रचनाकार सौरव तिम्सिना । युवा पुस्ताको साधारण सुनिने यो नाम नौलो र नया भने यो बखतमा छैन । यो नामको चर्चा यति बेला नेपाल देखि अमेरिका सम्म रहेको छ । यो नामलाई विश्लेषण गर्यो उनको कामले जसलाई दर्शकहरुले धेरै आत्मसाथ समेत गर्नुभयो ।
pauju
यस्तो होइन कि नेपालमा रचनाकारहरुको कमि छ या उत्कृष्ट नै छैनन् तर युवा पुस्तामा उत्कृष्टको प्रतिक रचनाकार सौरव तिम्सिना पनि हुन् । उनको शब्द रचनामा धेरै फरक अनि नया कुराको अनुभूति सबैलाई नै हुन्छ । उनको शब्द रचनामा तयार भएको “मर्छु सजिलै” बोलको गीतले दर्शकहरुको मनमा राज नै गर्यो । उनको पहिलो एल्बम “पाउजु” ले अझै पनि दर्शकहरुको मन छोड्न सकेको छैन । अहिले आएर उनले त्यसै एल्बम देखि साभार गरिएको “मेरै नाम को सिन्दुर” बोलको गीतको अडियो बाहिर सार्वजनिक गरेका छन् । गीतमा सौरव तिम्सिनाको शब्द , अर्जुन रसाईलीको संगीत र प्रविन दियालेको स्वर समावेश रहेको छ । सेन्टिमेन्टल तरिकामा तयार गरिएको गीतको शब्द रचना , संगीत र कम्पोजिसन निकै अब्बल रहेको देखिन्छ । दर्शक श्रोताहरुलाई एउटा नया रचनाको साथमा नया स्वाद दिन रचनाकार सौरव तिम्सिना फेरी एकपटक सफल भएका छन् ।
sourav-timsina
उनको यस बाहेकको थुप्रै प्रस्तुतिहरु बाहिर आउने तयारीमा रहेका छन् । अमेरिकामा त्यो ब्यस्त जीवन बिताईरहेका उनले नेपाली गीत संगीतमा भने समयको कमि हुन दिएका छैनन । समयको केहि अन्तराल उनले लिए पनि त्यस बिचमा उनले राम्रा राम्रा प्रस्तुति लिएर आउने प्रयासमा लागिपरेका छन् । युवा पुस्तामा मात्र नभएर उनको शब्द रचनाले सबै बर्गको मनमा राज गरेको छ । निकै कम समयमा उनले नेपाली दर्शक श्रोताहरुको मनमा आफ्नो ठाउँ बनाउन सफल भए । यस्तै बिदेशमा समेत उनले नेपाली गीत संगीत र कला संस्कृतिलाई विकास अनि प्रवर्धन गर्ने काम गरिरहेका छन् । अमेरिकामा आयोजित प्राय नेपाली संस्कृतिक कार्यक्रममा उनको उपस्थित रहेको हुन्छ । उनको उपस्थितिले दर्शकहरुको मनमा एक किसिमको उत्साह जागेको दृश्य पनि त्यहाँ देख्न पाईन्छ । नेपाली युवा पुस्तालाई नेपाली गीत संगीत र हाम्रो भाषा संस्कृति सधैब जगेर्ना गर्नुपर्छ भन्ने खालको संदेश उनले दिइरहेका छन् ।
sourav-timsina
उनले दिएको जानकारी अनुसार अब चाडै नै उनको नया नया शब्द रचना सार्वजनिक हुनेछ । आफ्नो गीत संगीतको तयारी संगै अरु कलाकारहरुको एल्बममा पनि आफ्नो रचना समावेश गरिएको हुदा सबै आउने तयारीमा रहेको उनले बताए । पहिलेको भन्दा अहिले धेरै कुराको मध्य नजर गरेर शब्द तयार गरेको र दर्शक श्रोताहरुको चाहनालाई पुरा गर्ने भरपुर प्रयास समेत आफुले गरेको उनको भनाई रहेको छ । यस्तै पछिल्ला प्रस्तुतिहरु जस्तै आफ्नो यस प्रस्तुति र आगामी आउने क्रममा रहेको प्रस्तुतिलाई पनि दर्शक श्रोताहरुले माया गरिदिनुहुने विश्वास उनले राखेका छन् । आफु जहाँ भएपनि नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा पर्ने हुदा यसमा नै आफु सधैब निरन्तर लागिपर्ने र धेरै राम्रो राम्रो कुरा बाहिर लिएर आउने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् । यसको लागि आफुलाई दर्शक श्रोताहरुको माया अनि साथको आवश्यकता भएको हुनाले सधैब आफुलाई सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुन उनले नेपाली दर्शक श्रोताहरुलाई हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: