Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
जय लक्ष्मी फिल्म्स र लाईफ रेस मुभिजको प्रस्तुति रहेको चलचित्र “हिरोज” को टिजर सार्वजनिक भएको छ । चलचित्रमा नारी प्रधान युक्त कथाको साथमा प्रेमसम्बन्ध लगाएत धेरै कुराको सुन्दर मिश्रण गरिएको टिजरले बताउछ । चलचित्रको प्रदर्शन मिति भने अहिले तय भईसकेको छैन ।
निर्देशक एन.बि महर्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकेश ढकाल , पुर्णिमा लामा , करिश्मा मानन्धर , सन्जोग राणा , दिनेश डी.सि , जय किसन बस्नेत लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा सन्जोग राणाको कथा , शंकर महर्जनको द्वन्द , शिव ढकाल र रामशरण उप्रेतीको छायांकन र कृष्ण आचार्यको स्क्रिनप्ले समावेश रहेको छ । यस्तै चलचित्रका निर्माता तर्फ भने युवराज लामा , द पाल्म ग्रुप र सन्जोग राणा रहेका छन् ।
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: