Wed. May 8th, 2024

मनोरंजनसंसार डटकम
पुस २८ गते बिहिवार देखि प्रदर्शनमा आएको चलचित्र “किङ” ले काठमाडौँ उपत्यका मात्रै सिंगल थिएटरमा ८० प्रतिशतको अकुपेन्सी कायम गरेको छ । चलचित्रको प्रदर्शन मिति एक दिन अगाडी सरेको हुदा अधिकांश दर्शकहरु अन्योलमा परेको पनि पाइएको छ । तर पनि चलचित्रले बिहिवार नै दर्शकहरुको अत्याधिक साथ पाएको छ । चलचित्रको मल्टिप्लेक्समा पनि निकै राम्रो सुरुवात भएको छ । चलचित्र हेर्ने दर्शकहरुले चलचित्रको खुलेर तारिफ गरेका छन् ।
king
चलचित्रमा बिशेष गरि एक्शन नायक निखिल उप्रेतीको फरक प्रस्तुति र ह्याण्डसम हंक भिलेन अनुप विक्रम शाहीको अभिनयको पनि दर्शकहरुले दिल खोलेर प्रशंसा गरेका छन् । दर्शकहरुको आजको बेजोड उपस्थितिले सिंगल थिएटरमा निखिल उप्रेतीको कब्जा रहेको छ भने मल्टिप्लेक्समा अनुप विक्रम शाहीको अधिक प्रभाव देखिएको छ । बिहिवारको दर्शकहरुको भिडको हिसाबले शुक्रवार र शनिवार सिनेमा हलले चलचित्र “किङ” हेर्न आउने दर्शकहरुको भिड थाम्न नसक्ने संकेत देखिन्छ ।
king
चलचित्रको कथा वस्तु र प्रस्तुतिको साथमा एक्शन चलचित्रको मुख्य आकर्षणको बिषय बनेको छ । चलचित्रमा कलाकारहरुले आफ्नो पात्रलाई गरेको न्यायले पनि चलचित्रलाई सफल बनाउनुमा धेरै ठुलो भूमिका खेलेको देखिएको छ । नायिका बेनिषा हमालको सुन्दरता र अभिनयको पनि दर्शकहरुको माझमा चर्चा चलेको छ । चलचित्रको कथा वस्तुलाई सहि रुपले प्रस्तुत गर्न सक्नु निर्देशक शबिर श्रेष्ठको अब्बल पन हो । दर्शकहरुको किङ प्रतिको माया र सम्मानको निर्माता जयन श्रेष्ठले आत्मसाथ गरेका छन् ।
king
जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र “किङ”मा निखिल संगै अनुप विक्रम शाही , बेनिषा हमाल , रुप राना , प्रज्वल सुजल गिरी , जगन श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रलाई लेखन तथा निर्देशन शबिर श्रेष्ठले गरेका छन् | चलचित्रमा संजय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ | चलचित्रको काठमाडौँ उपत्यका भित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनु भएको छ भने काठमाडौँ उपत्यका बाहिरको जिम्मा डिसियनले गरेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: