Sat. May 4th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको विकास संगै अहिले धेरै कुराहरुमा परिवर्तन भईसकेको छ | पहिलेको तुलनामा अहिले गीत संगीतको पारखीहरु देखि अधिकांश कुराहरुमा बदलाव आइसकेको छ | दर्शक श्रोताहरुको टेस्टले पनि नया मोड लिएको हुनाले नेपाली गीत संगीतमा पनि केहि नया कुराको थपथाप हुनु जरुरी रहेको थियो | त्यहि बेलामा आफ्नो नया प्रतिभा अनि नया शैलीले नेपाली गीत संगीतको बाटो नै नया दिशा तर्फ मोडी दिनु भएको व्यक्तिहरु पनि हामी माझ रहनु भएको छ | यस्तै एक व्यक्ति हुनुहुन्छ कम्पोजर अम्बर तुम्बापो सुब्बा | उहालाई यति बेला हामी कम्पोजरको उपाधि मात्र दियौ भने अन्याय हुन जान्छ किन भने उहा बहुमुखी प्रतिभाको धनि व्यक्ति हुनुहुन्छ | उहा कुशल रचनाकार , गायक तथा संगीतकार पनि हुनुहुन्छ | उहाले आफुलाई निकै हद सम्म निखारी सक्नु भएको छ |उहा अहिले आफ्ना बाबा-आमा, श्रीमती, एक छोरा र एक छोरीका साथमा अमेरिकामा रहनु हुन्छ।
amber-tumbapo-subba
amber-tumbapo-subba
उहाले २०१२ को अंतिम तिरै आफ्नो पहिलो एकल एल्बम “अम्बर” बजारमा दर्शक श्रोताहरुको लागि लिएर आउनु भएको थियो | उहाको उक्त एल्बममा संगीत कम्पोजिसन स्वयम उहाकै रहेको छ भने गायक सन्तोष लामाको सोलो भोकल रहेको छ | त्यस्तै एल्बममा समावेश ५ वटा गीतहरुको शब्द उहा आफैले लेख्नुभएको छ भने त्यस बाहेकका एउटा गीत संतोष लामा र अर्को एउटा गीत शिव चम्लागाई रहेको छ| निकै राम्रा अनि मधुर गीतहरुको संगालो रहेको छ एल्बम “अम्बर” | उक्त एल्बममा समावेश गीतहरु हेरिसकेपछि र सुनिसकेपछि धेरै कुराहरुको आभास मनमा हुन आउछ | आफ्नो सुन्दर शब्द रचनामा उहाले निकै मधुर संगीतको मिश्रण गर्नुभएको छ जसले कसैको पनि मन छुन सक्दछ |
amber-tumbapo-subba
उहाले केहि गीतहरुमा आफ्नो स्वर दिनुको साथै अरु थुप्रै कलाकारहरुको गीतहरुमा आफ्नो कम्पोजिसनको जादुसमेत देखाईसक्नु भएको छ | उहाले “हिड्दा हिड्दै” बोलको आफ्नै शब्द सङ्गीतमा गायक सत्यराज आचार्य र स्वरूप राजआचार्यको आवाज रेकर्ड गराइसक्नु भएको छ र केहिसमय अगाडी रचनाकार गोपी दाहालको “इटहरीको सुकुटी” बोलको रमाइलो गीतको कम्पोजिसनको काम पनि कम्पोजर अम्बर तुम्बापो सुब्बाले गर्नुभएको छ | उहाले धेरै नै भूटानी नेपाली गायकहरुसंग पनि काम गरिसक्नु भएको र अहिले पनि गरिरहेको अवस्थामा हुनुहुन्छ। दिन प्रति दिन उहाको कला अनि उहाको कामले नया बाटोको दिशा निर्धारण गरिरहेकोछ | उहाको कला र प्रतिभाको यति बेला अधिकांश फ्यानहरुरहेका छन् | उहाले आफ्नो कामको स्तरलाई पनि समयकोगति संगै बढाउदै लिएर जानु भएको छ | उहाले धेरै नया तथापुराना कलाकारहरुको कलेक्सन एल्बमहरुमा समेत आफ्नोकम्पोजिसन दिइसक्नु भएको छ | उहाको कम्पोजिसनमा तयार भएको गीतहरु अब चाडै नै धेरै मात्रामा आउनका लागितयारी अवस्थामा रहेका छन् | अहिले उहा गीतकार गोपी दाहालको एलबम “प्रज्वल” को काम जुटिरहनु भएको छ । यस एल्बममा उहाको सोलो म्यूजिक कम्पोसिशन रहेको छ । त्यस्तै उहाले आफ्नो शब्द संगीत र गायक कर्मा ग्यल्छ्यनको आवाजमा नया गीत पनि चाडै नै बाहिर लिएर आउन क्रममा हुनुहुन्छ | काम अहिले निकै तिब्र गतिमा भईरहेको र यसपटकको आफ्नो नया गीत अलिक फरकशैलीमा रहने कुरा पनि उहाले बताउनु भएको छ |
amber-tumbapo-subba
सानै देखिको गीत संगीत प्रतिको इच्छा अनि लगावको साथमा धेरै मेहेनतको कारण उहा यति बेला यो स्थान सम्म आइपुग्नु भएको छ | लामो समय देखि अमेरिका बसोबास हुदा समेत आफ्नो नेपाली भाषा संस्कृति र नेपालीपनलाई भने उहाले कदापी बिर्सिनु भएको छैन | बिदेशमा रहेर रगत पसिना बगाएर काम गर्दा समेत नेपाली गीत संगीतलाई भने उहाले कहिले पनि आफ्नो तर्फबाट समयको कमि हुन दिनु भएन | उहा बिगत लामो समय देखि नेपाली गीत संगीत क्षत्रमा आबद्ध भएर काम गरिरहनु भएको छ | उहाले आफ्नो यात्रालाई कहिले कहिँ पनि बिश्राम नदिएर निरन्तर रुपमा अगाडी बढिरहनु भएको छ | उहाले सधै नेपाली दर्शक श्रोताहरुलाई केहि नया अनि राम्रो प्रस्तुतिहरु दिने प्रयास गर्नुभएको छ |
amber-tumbapo-subba
राम्रो काम गरे भने त्यसको एक दिन अवस्य सहि मुल्यांकन हुने कुरामा उहा विश्वास राख्नु हुन्छ | त्यहि हिसाबले उहा आफ्नो काम प्रति निकै निष्ठावान भएर अगाडी बढी पनि रहनु भएको छ | त्यस्तै दर्शक श्रोतालाई उहाले भगवानको स्वरूपको रुपमा लिनु भएको छ | दर्शक श्रोताबाट नै आफ्नो कामको उचित मुल्यांकन हुने र उहाको प्रतिक्रियाबाट नै आफुहरु अगाडी बढ्न सक्ने कुरा पनि उहाले उल्लेख गर्नु भएको छ | आफ्नो पहिलो प्राथमिकतामा नेपाली गीत संगीत रहेको र जस्तो सुकै परिस्थिति आए पनि आफ्नो यो कामलाई कहिले पूर्ण बिराम नलगाउने प्रतिबध्ता उहाले जाहेर गर्नुभएको छ | त्यस्तै उहाले देशमा तथा बिदेशमा जहाँ रहनु भए पनि सधैब नेपाली गीत संगीतलाई हेरेर सुनेर माया अनि सम्मान गरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरेर सल्लहा अनि सुझाबको साथमा आफु जस्तो कलाकारहरुलाई अगाडी बढ्न हौसला प्रदान गरिदिनुहुन सम्पूर्ण दर्शक श्रोताहरुलाई हृदय देखि नै बिनम्र अनुरोध समेत गर्नु भएको छ |
हेर्नुस गीत :



Leave a Reply

%d bloggers like this: