Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
केहि दिन अगाडी मात्र छायांकनको लागि गोर्खाको सामागाउ स्थित मनासलु बेस क्याम्प पुगेको “बमकाजी” युनिटले आफ्नो ५० प्रतिशत छायांकन सकेको जानकारी दिएको छ | निर्माण पक्षेले आफ्नो छायांकनको केहि तस्बिरहरु सार्वजनिक गरेर यस्तो जानकारी दिएको हो | यसै चलचित्रको काम निकै नै राम्रो भएको र चलचित्र निकै राम्रो बन्ने विश्वास नायक सौगात मल्ल , नायिका दिया पुन र अर्का कलाकार बुद्धि तामाङले ब्यक्त गरेका छन् |
bamkaji
bamkaji
चिसोको मौसम त्यो स्थानमा गएर पनि कलाकारहरुले आफ्नो जिम्मेवारीलाई बखुबी निभाएका छन् | चिसो भएतापनि छायांकनको पल निकै रमाइलो रहेको कुरा पनि उनीहरुले बताएका छन् | यति बेला उनीहरु करिब ४००० देखि ५००० सम्मको उचाईमा छायांकन गरिरहेका छन् |
bamkaji
bamkaji
चलचित्रलाई निर्देशक खिल बहादुर गुरुङले निर्देशन गरिरहेका छन् | कठिन अवस्था भएतापनि कलाकारहरुले भने आफ्नो काम प्रति कुनै कमि कमजोरी नराखेको कुरा उनले बताएका छन् | सबै जिम्मेवारी पूर्ण हिसाबले अगाडी बढेकोले काम निकै नै राम्रो भईरहेको कुरा पनि उनले उल्लेख गरेका छन् | चलचित्रमा दिया पुन र सौगात मल्लको साथमा बुद्धि तामाङ र विर बहादुर लामा रहेका छन् | चलचित्रको निर्माता तर्फ भने सुरेश कार्की , रबि राज कार्की र राजेश जंग गौतम रहेका छन् | चलचित्रलाई संजय लामाले छायांकन गरिरहेका छन् |

Leave a Reply

%d bloggers like this: