Fri. May 3rd, 2024

मनोरंजनसंसार डटकम
लामो समय देखि चर्चामा रहेको चलचित्र “ग्याङ्गस्टार ब्लूज” अब यहि आउदो माघको महिना देखि फ्लोरमा जाने पक्का पक्कि भएको छ | यहि हिसाबमा चलचित्रको यति बेला कास्टिङ लाईन अप समेत पुरा भएको छ |
gangster-blues
चलचित्र निर्माणको घोषणाको क्रममै जेरी डेब्यु नायिका आना शर्मा र नायक आशिरमान देशराज चलचित्रको लागि अनुबन्दित भैसकेका छन् भने यति बेला चलचित्रमा अब अर्की नायिका समेत थपिएकी छिन् | उनि हुन् रोजिशा शाही ठकुरी | उनि मिस नेपाल अर्थ २०१३ कि बिजेती समेत हुन् | उनले अब यस चलचित्र मार्फत नेपाली चलचित्र जगतमा डेब्यु गर्दैछिन् |
gangster-blues
भिजे तथा मोडलिङमा निकै सक्रिय उनले चलचित्रमा “तारा” नामक पात्र निभाउने कुरा बाहिर आएको छ | चलचित्रमा रहेको पात्रको लागि उनि निकै योग्य भएकोले नै उनलाई चलचित्रमा अनुबन्दित गरिएको कुरा निर्माता सरोज न्यौपानेले बताएका छन् | चलचित्रका निर्देशक हेम राज बिसी हुन् जसले नेपाली चलचित्र क्षत्रमा “गाजलु” जस्ता सुपरहिट चलचित्र निर्देशन गरेर नेपाली दर्शकहरु माझमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् |
gangster-blues
चलचित्रका निर्माता भने सरोज न्यौपाने रहेका छन् | दर्शकहरुको लागि आफुले चलचित्र निर्माण गर्ने र आफ्नो चलचित्रले दर्शकहरुको इच्छा र चाहनाको साथमा उहाहरुको टेस्टलाई पनि पूर्ण रुपमा न्याय गर्ने विश्वास उनले ब्यक्त गरेका छन् | चलचित्रको छायांकन हुन अझै केहि समय बाँकी रहदै चलचित्रले भने आफ्नो प्रदर्शन मिति पहिले नै तय गरिसकेको छ | चलचित्र आउदो बर्षको भदौ २४ गते देखि देशभरको हलहरुबाट प्रदर्शन हुने जानकारी निर्माण पक्षेले जानकारी दिएको छ |

Leave a Reply

%d bloggers like this: