Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र निर्माणको घोषणा गरिएको चलचित्र “मेरो पैसा खोई” को कास्टिङ लाईनअप पुरा भएको छ । राजधानीमा बुधवार आयोजित एक कार्यक्रम बिच यो बिषयमा जानकारी गरिएको हो | चलचित्रमा नायक सौगात मल्ल र नायिका वर्षा शिवाकोटी लिड कलाकारको अभिनयमा फाईनल भएका छन् | यसका साथमा चलचित्रमा सागर तिवारी, बुद्धि तामाङ, कमलमणी नेपाल, रविन तामाङ लगाएतका कलाकारहरुको पनि मुख्य अभिनय रहने छ |
यसै गरि चलचित्रमा बलिउड एक्ट्रेस जुही चावलाले पनि अभिनय गर्ने कुरा निर्माण पक्षेले जानकारी दिएको छ | उनको साथमा चलचित्रमा संजय मिश्रा तथा राजपाल यादवले पनि अभिनय गर्ने पक्का पक्कि भएको छ | नेपाली कलिउड कलाकार र बलिउडका कलाकारहरुको यो मिश्रीत चलचित्रमा पक्का पनि केहि नया कुराको मेल हुने संकेत देखिन्छ |
mero-paisa-khoi
चलचित्रका निर्माता रोज राणा रहेका छन् | उनले यो भन्दा अगाडी निकै राम्रा राम्रा चलचित्रहरु निर्माण गरेर नेपाली दर्शकहरुको मनमा आफ्नो छुट्टै पहिचान बनाईसकेका छन् | चलचित्रका निर्देशन भने बलिउड निर्देशक विवेक शर्माले गर्नेछन् | उनले यो भन्दा पहिले बलिउडमा “भूतनाथ” जस्तो चलचित्र निर्देशन गरिसकेका छन् | यस चलचित्रको कथा ,पटकथा तथा संवाद स्वयम निर्देशक विवेक शर्माले नै लेखेका हुन् | तर त्यसलाई नेपालीकरण भने नेपाली फिल्म लेखक मौनता श्रेष्ठले गरेका हुन् ।
चलचित्रमा जम्मा जम्मी ५ गीत रहने छन् जसको नेपालीकरण भने दयाराम पाण्डेले गरेका छन् | यसै गरि चलचित्रमा हरी घले लामाको छायांकनको साथमा चन्द्र पन्तको द्वन्द निर्देशन रहने छ | निर्माण पक्षेको जानकारी अनुसार चलचित्र यहि माघ १५ गते अर्थात् जनवरी २८ देखि फ्लोरमा जानेछ | चलचित्रको छायांकन काठमाडौं, पोखरा, बुटवल तथा मुस्ताङ लगाएतका स्थानहरुमा हुनेछ | चलचित्रको कथा वस्तु निकै रमाइलो रहेको र चलचित्र कमेडी जेनेरमा तयार हुन कुरा निर्माण पक्षेले बताएको छ |

Leave a Reply

%d bloggers like this: