Sun. May 5th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतमा अहिले भईरहेको गतिशील परिवर्तनका कारण दर्शक श्रोताहरुले पनि आफुले चाहेको गीत संगीत हेर्न र सुन्न सक्नुहुन्छ | पहिलेको तुलनामा अहिले नेपाली गीत संगीतको धेरै जसो कुरामा नया र नौलो पन देखिन थालेको छ | नया आवाज र नया सोच बोकेर आउने कलाकारहरुको पनि अब यस क्षत्रमा कमि रहेको छैन | देशका मात्रै हैन अहिले बिदेशी भूमिमा रहेका हाम्रा नेपाली युवा पुस्ता पनि यस क्षत्रमा निकै अग्रसर भएर लागिपरेको हामी देख्न सक्दछौ | यस्तै एक गायक हुन् तुल साम्सोहाङ राई | उनि हाल अमेरिका बसोबास गर्दछन् तर उनको मन मुटु भने नेपालमा रहेको छ | बिदेशी भूमिमा रगत पसिना बगाएर काम गर्नु पर्दा समेत उनि नेपाली कला संस्कृतिलाई बचाउने काम पनि खुबै फुर्तीका साथ गरिरहेका छन् | उनले त्यहाँ नियमित जसो स्टेज प्रोग्राममा आफ्नो प्रस्तुति दिइरहेका हुन्छन | नेपाली तथा बिदेशी दर्शकहरुलाई आफ्नो स्वरको जादुले मनोरंजन प्रदान गर्नमा उनि निकै माहिर रहेका छन् | बिगत लामो समय देखिको सांगीतिक यात्रालाई अब उनले आफ्नो तरिकाले अगाडी बढाउने तरखर गर्दैछन् |
tul-samsuhang-rai
यसै बिचमा उनले आफ्नो नया तथा पहिलो एल्बम दर्शक श्रोताहरुको माझमा लिएर आउने तयारी गर्दैछन् | अहिले उनि आफ्नो एल्बमको गीतको रेकर्डिङ्गमा निकै ब्यस्त रहेका छन् | भर्खरै मात्र उनले आफ्नो “जुन मुस्काई रहेछ ” बोलको नया गीतको रेकर्डिङ्ग सकेका छन् | नबिन प्राचिनको शब्द र गणेश चाङ्गको संगीत तथा कम्पोजिसनमा तयार भएका यस गीतमा गायक तुल साम्सोहाङ राईले आफ्नो सुमधुर स्वर भरेका छन् | गीतलाई अरेन्ज गर्ने काम भने सुजिल कर्मचार्यले गरेका छन् | गीतलाई अमेरिका स्थित स्टुडियो ७ मा डीबी तामाङ्गले रेकर्डिङ्ग गरेका हुन् |
tul-samsuhang-rai
लामो समय देखिको विदेश बसाईमा आफुले धेरै कुराको महसुस गरेको र भोगेको पनि कुरा उनले उल्लेख गरेका छन् | सानै देखिको गीत संगीत प्रतिको आफ्नो लगाव र इच्छालाई उनले अहिले आएर सहि रुप दिने क्रममा छन् | नेपाली गीत संगीतमै आफुले लामो समय देखि समय खर्चिदै आएको हुनाले दर्शक श्रोताहरुको टेस्टलाई आफुले निकै नै राम्रो संग बुझेको कुरा उनि बताउछन् | त्यहि कुराहरुलाई मध्य नजर गरेर नै आफुले धेरै कुरामा ध्यान दिएर अबको आफ्नो प्रस्तुति केहि पृथक बनाएको उनको भनाई रहेको छ | युवा पुस्तालाई मात्र नभएर सबै बर्गलाई लक्षित गरेर आफुले आफ्नो गीतहरु तयार गरेको उनि बताउछन् | आफ्नो गीत संगीतले दर्शक श्रोताहरुको मन खुशी बनाउने र सबैलाई मनोरंजन प्रदान गर्नेमा उनि निकै आशावादी देखिनछन् | आफुले गरेको यो पहिलो प्रयासले दर्शकहरु निराश हुने नपर्ने र केहि नया कुरा पक्कै पनि बाहिर आउने विश्वास उनले ब्यक्त गरेका छन् | त्यस्तै उनले अबको केहि समयमा नै आफ्नो एल्बम रिलिज हुने भएकोले सबैले त्यसको लागि केहि समय पर्खिदिनु हुन दर्शक श्रोताहरुलाई बिनम्र अनुरोध समेत गरेका छन् | त्यसै गरि आफ्नो प्रस्तुति हेरिसके पछि आफ्नो प्रतिक्रिया जस्ताको त्यस्तै प्रदान गरिदिनु हुन दर्शक श्रोता सम्क्ष उनले बिन्ति बिसाएका छन् |

Leave a Reply

%d bloggers like this: