Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
अहिलेको मोस्ट वेटेड चलचित्रको सुचिमा सबैभन्दा माथि रहेको चलचित्र “पुरानो डुंगा” को गय राति राजधानीमा रेड कार्पेट प्रेमिएर शो गरिएको छ | प्रेमिएर शो मा चलचित्र क्षत्रका नाम चलेका हस्तीहरु र अधिकांश पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो | चलचित्र हेर्ने आएका सबैमा चलचित्र कस्तो होला भनेर उत्सुकता रहेको देखिन्थ्यो | सबैलाई चलचित्रको प्रेमिएर शो कति बेला सुरु हुन्छ भनेर पर्खाई रहेको थियो | अन्तन्त चलचित्र सुरु भयो त्यसपछि हलभित्र खुशी र रमाइलोका आवाजहरु गुञ्जिन थाले | यहाँ अधिकांश चलचित्रको प्रेमिएर हेर्न आएका व्यक्तिहरु चलचित्र नसकिदै आधामा उठेर हिन्ने चलन पनि रहेको छ तर यो चलचित्रको पक्षेमा त्यस्तो भएन | सबैले पुरा चलचित्र हेरेर नै निस्के र मन खोलेर चलचित्रको प्रशंसा पनि गरे | चलचित्र हेरिसकेपछिको माहोल केहि फरक रहेको थियो | सबैको मुहारमा खुशीको मुस्कान छाएको देखिन्थ्यो भने अधिकांशले निर्देशक राम बाबु गुरुङलाई बधाई ज्ञापन पनि गरेका थिए | चलचित्रको यसै प्रिमिएर शो का लागि यस चलचित्रका नायक दयाहाङ्ग राई हिजै अस्ट्रेलियाबाट आफ्नो “हेप्पी डेज” नामक चलचित्रको छायांकन छोडेर आएका थिए | उनको उपस्थितिले त्यहाको वातावरण नै परिवर्तन भएको थियो भने सबैले उनलाई पनि चलचित्रको सफलताको लागि बधाई दिएका थिए |
purano-dunga
purano-dunga
purano-dunga
साच्चिकै चलचित्रमा दर्शकहरुलाई बाधेर राख्न सक्ने सबैकुराको मिश्रण रहेको छ | चलचित्र जुन गतिमा बगिरहेको हुन्छ त्यो हिसाबले दर्शकहरुको मनमा एक पछि अर्को नया उत्सुकताहरुको जन्म हुन्छ | चलचित्र सामान्य कथामा बुनिएको छ तर चलचित्रको प्रस्तुति भने प्रशंसनीय रहेको छ | पछिल्लो चलचित्र कबड्डी र कबड्डी कबड्डी का समेत निर्देशक रहेका राम बाबु गुरुङले आफ्नो यस तेस्रो चलचित्रमा समेत उल्लेखनीय काम गरेर देखाएका छन् | चलचित्रले दर्शकहरुलाई कहिँ कतै पनि निराश बनाउने छैन | चलचित्रमा प्रस्तुत हरेक कुराको केहि अर्थ खुल्दछ त्यसका साथमा चलचित्रलाई सुन्दर बनाउने थुप्रै कारक तत्वोहरु पनि चलचित्रमा समावेश गरिएको छ | नायक दयाहाङ्ग राईलाई यसपटक भने केहि फरक भूमिका हामी देख्न सक्दछौ | उनको अभिनयले दर्शकहरुलाई खुशी तुल्याउने छ | उता माओत्से गुरुङ र मेनुका प्रधानको अभिनयले भने दर्शकहरुलाई मन भित्रबाट धेरै कुराको महसुस गराउने छ | चलचित्रमा प्रस्तुत बिषय वस्तु नै निकै दमदार रहेको छ | सामान्य परिवारको कथालाई चित्रण गर्न खोजियता पनि त्यहाँ भित्रका थुप्रै कुराहरुले दर्शकहरुको मनलाई अर्कै तरिकाले सोच्न बाध्य बनाउने छ | समग्र रुपमा भन्नु पर्दा चलचित्र “पुरानो डुंगा” हाँसो , रोदन र रमाइलोको प्याकेज हो |
purano-dunga
purano-dunga
purano-dunga
purano-dunga
purano-dunga
अब यहि मंसिर १० गते शुक्रबार देखि देशभरका सम्पूर्ण हलहरुबाट चलचित्र एकैसाथ प्रदर्शनमा आउदै छ | चलचित्रको सफलता र असफलताको कुरा आफुहरुले दर्शकहरुको हातमा छोडेको कुरा चलचित्रका प्रस्तुतकर्ता माओत्से गुरुङले बताएका छन् | आफ्नो चलचित्रमा केहि राम्रो पक्षे भए र दर्शकहरुको मन छुन सक्यो भने चलचित्रले अवश्य सफलता हात पर्ने विश्वास उनले ब्यक्त गरेका छन् | त्यस्तै चलचित्रका निर्देशक राम बाबु गुरुङ पनि चलचित्रको सफलता प्रति निकै आशावादी रहेका बताउछन् | चलचित्र निकै राम्रो बनेको र आफुले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको र दर्शकहरुलाई खुशी र मनोरंजन दिनेको लागि कुनै कसर आफुले नछोडेको कुरा पनि उनले उल्लेख गरेका छन् |
purano-dunga
purano-dunga

सिनेमा आर्टको ब्यानरमा माओत्से गुरुङको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ्ग राई , माओत्से गुरुङ , प्रियंका कार्की , मेनुका प्रधान , डीबी गुरुङ , बुद्धि तामाङ्ग , मणि राम पोखेरल , पुस्कर गुरुङ , पुर्णिमा गुरुङ , सुदाम सिके., मिन पुन र नवाजुंग गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा प्रस्तुतकर्ता माओत्से गुरुङको हो भने स्क्रिप्ट लेखनको काम निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन् | पछिल्लो समय “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सर्भादिक सफल चलचित्र निर्देशन गरिसककेका निर्देशक रामबाबु गुरुङको यो तेस्रो चलचित्र हो | आफ्नो पछिल्लो दुई चलचित्र जस्तै यस चलचित्रले पनि सम्पूर्ण दर्शकहरुको मन जितेर सफलता हात पार्ने कुरामा उनि निकै आशावादी देखिनछन् | सैलेन्द्र डि कार्कीको छायांकनमा रहेको चलचित्रको सम्पादनको जिम्मा भने निमेष श्रेष्ठले लिएका छन् | चलचित्रका निर्माता तर्फ रौनक विक्रम कडेल , ओम चन्द रौनियार ,धन बहादुर गुरुङ र प्रकाश गुरुङ रहेका छन् | त्यसै गरि चलचित्रका सहनिर्माता तर्फ अर्जुन कार्की , फुलन देवी गुरुङ छन् भने कार्यकारी निर्माता तर्फ माओत्से गुरुङ , मणि राम पोख्रेल र बाल्मिकी पोखरेल रहेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :


Leave a Reply

%d bloggers like this: