Sat. May 18th, 2024

मनोरंजनसंसार डटकम
नेपाली चलचित्र क्षत्रको विकास संगै अब नेपाली चलचित्रको भबिष्य नया दिशा तर्फ मोडिएको छ | अहिले अधिकांश नेपाली चलचित्र समेत बिदेशमा छायांकनको लागि जाने क्रम बढ्दो छ | तर अहिले सम्मको नेपाली चलचित्रमा केहि प्रतिशत भाग मात्र बिदेशमा छायांकन भएको देखिन्छ | तर अब पहिलो पटक दर्शकहरुले ९५ % भन्दा बढी छायांकन बिदेशमा गरेको चलचित्र छिट्टै नै हेर्न पाउनु हुनेछ | प्रशंग हो चलचित्र “हेप्पी डेज” को जसलाई चलचित्र “वीर विक्रम” निर्माता तथा निर्देशक मिलन चाम्सले निर्देशन गर्दै हुनुहुन्छ | चलचित्रको सबै तयारी पुरा भैसकेको छ | चलचित्रको बचेको केहि तयारी पुरा गर्नको लागि नेपालको ५ % छायांकन सकेर तिहार लगतै निर्देशक मिलन चाम्स युके प्रस्थान गरिसक्नु भएको छ | सोहि ५ % छायांकनको क्रममा उहाले करिब ३ मिनेटको सिनको लागि नेपालमै पहिलो पटक करिब ३० लाखको सेट लगाएर अहिले सम्मको नेपालमा नभएको कुरा गरेर देखाईसक्नु भएको छ | त्यस्तै चलचित्रको छायांकनको लागि बाकी युनिट आज युके तर्फ प्रस्थान गरेको छ जसमा बजार वितरक गोबिन्द शाही , सहायक निर्देशक गिरिराज घिमिरे , छायाँकार राम केसी , नायक संजय गुप्ता लगाएतका व्यक्तिहरु हुनुहुन्छ |
happy-days
यसरी कुनै चलचित्रको छायांकन र लोकेशनको निरिक्षण गर्न युके तथा स्कटल्याण्ड जाने पहिलो बजार वितरक गोबिन्द शाही नै हुनुहुन्छ | उहा बिगत १ दशक भन्दा अगि देखि नेपाली चलचित्र क्षत्रमा सक्रिय भएर लागिरहनु भएको छ | नायक निर्माता तथा वितरक भएर एकैपटक नेपाली रजतपटमा पाईला राख्नु भएका उहाले आफ्नो डेब्यु चलचित्र “कहाँ छौ कहाँ” बाट नै सफलताको सिडी छाड्नु भयो | त्यसपछिको उहाको चलचित्रहरुले दर्शकहरुको मनमा राज नै गर्यो | अहिले आएर यो समयमा नेपालको टप बजार वितरकहरुको सुचिमा उहाको नाम सबैभन्दा माथि रहेको छ | “ड्रिम्स” , “गाजलु” , “वीर विक्रम” लगाएतका सुपरहिट चलचित्र दर्शकहरु माझ वितरण गरिसक्नु भएको उहाले अब अझै राम्रो चलचित्रहरु दर्शकहरु सम्क्ष राख्ने बताउनु भएको छ | अबको सबै जसो सुपरहिट चलचित्रहरुको उहाको काधमा रहेको छ |
happy-days
नेपाली चलचित्र आफ्नो लागि पहिलो प्राथमिकतामा पर्ने उहाको भनाई रहेको छ | अन्तिम समय सम्म पनि यस क्षत्रमा नै आफ्नो जीवन व्यतित गर्ने उहाले उल्लेख गर्नुभएको छ | भ्रमणको क्रममा उहाले चलचित्रको छायांकन संगै चलचित्रको लोकेशनको अबलोकनको क्रममा युके , स्कटल्याण्ड लगाएतका ठाउँहरुमा जानु हुने कुरा छ | नेपाली चलचित्रको स्तरमा अब परिवर्तन हुनै पर्ने र नया कुराहरुको आगमन नेपाली चलचित्रमा हुनु जरुरि समेत रहेको कुरा उहाले बताउनु भएको छ |
happy-days
happy-days
happy-days
happy-days
चलचित्रको निर्देशक मिलन चाम्सको अनुसार चलचित्रको छायांकनको लागि करिब १ महिनाको समय राखिएको छ | चलचित्रमा थुप्रै नया कुराहरुको साथमा प्रबिधि समेत धेरै नया प्रयोग हुने कुरा उहाले बताउनु भएको छ | नेपाली दर्शकहरुले नेपालमा बसेर बिदेशी भूमिको सुन्दर मनोरम दृश्यहरुको अबलोकन गर्ने मौका यस चलचित्र मार्फत प्राप्त गर्नुहुने विश्वास उहाले ब्यक्त गर्नुभएको छ | आफुले यस चलचित्रको लागि अधिक मेहेनत गरेको र अत्ति गुणस्तरिय चलचित्र नेपाली दर्शकहरुको निमित्त निर्माण गर्न लागेको कुरा समेत उहाले स्पस्ट पार्नु भएको छ | अधिकांश दर्शकहरुलाई यो थाहा नहोला कि बिदेशमा नेपाली चलचित्रको बजार विस्तार गर्नु पर्छ भन्ने र गरेर देखाउने पहिलो व्यक्ति उहा नै हुनु हुन्छ | उहाको पहिलो चलचित्रको हँसिया को रेड कार्पेट प्रिमिएर संगै अहिले धेरै चलचित्रहरु बिदेशमा प्रदर्शनको लागि जाने क्रम बढ्दो छ |
happy-days
happy-days
आफ्नो पछिल्लो चलचित्र जस्तै यस चलचित्रको कथा वस्तु निकै राम्रो रहेको र थुप्रै कुराहरुको मिश्रण आफुले यस चलचित्रमा गर्ने कुरा समेत उहाले बताउनु भएको छ | दर्शकहरुको मनोरंजनको लागि आफुले अधिकतम खुराकहरुको मिश्रण यस चलचित्रमा रहने र सम्पूर्ण नेपाली दर्शकहरुले चलचित्रबाट भरपुर मनोरंजनको साथमा खुसि प्राप्त गर्ने विश्वास उहाले ब्यक्त गर्नुभएको छ | आफुले नेपाली दर्शकहरुको हितमा चलचित्र निर्माण गरेको र सधै केहि नया कुराहरु दर्शकहरुको माझमा प्रस्तुत गर्ने कोसिस गरेको र यसपाली समेत निकै नै राम्रो चलचित्र दर्शकहरुको लागि तयार गर्न लागेको कुरा उहाले बताउनु भएको छ | दर्शकहरु नै आफ्नो लागि भगवानको स्वरुप रहेको र दर्शकहरुको लागि सधै राम्रो चलचित्र निर्माण गर्ने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ |
happy-days
happy-days
चाम्स इन्टरटेनमेन्टको तेस्रो प्रस्तुति रहेको चलचित्र “हेप्पी डेज” मा निर्माता तर्फ बिपी खनाल , भवानी शर्मा , हिराल जोशी र डा.अशोक बंसल हुनुहुन्छ | चलचित्रको निर्देशनको जिम्मा भने निर्देशक मिलन चाम्सले नै लिनुभएको छ | चलचित्रमा दयाहाङ्ग राई , प्रियंका कार्की , संजय गुप्ता , बिक्की जोशी लगाएतका कलाकारहरुको मुख्य भूमिका रहने छ | चलचित्रमा यम थापाको स्क्रीनप्ले र सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ | नरेश भट्टराई र दिनेश राउतको शब्द समावेश रहने चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत रहने छ | यस्तै राम कुमार केसी र कोल्लिन पिककको छायांकन रहने यस चलचित्रमा गिरीराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन् | चलचित्रको सम्पादन तर्फ भने अर्जुन जिसीको हात रहने छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ |

Leave a Reply

%d bloggers like this: