Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
दर्शकहरुको पर्खाई सकिएको छ किन भने “बाहुबली: द कनक्लूजन” को मेकर्सले फिल्मको फर्स्ट लुक शनिबार सार्वजनिक गरिदिएका छन् | अब भने दर्शकहरुलाई फिल्मको रिलिज मितिको पर्खाई रहेको देखिन्छ |
फिल्म रिलिजको लागि अझै केहि समय रहेको छ तर दर्शकहरुको यो उत्सुकता देखेर फिल्मका निर्देशकले एसएस राजामौलीले फिल्मको मेकिङ्ग भिडियो सार्वजनिक गरिदिएका छन् | उनले ट्विटर मार्फत यो भिडियो सार्वजनिक गरेका हुन् | सार्वजनिक भिडियोको आधारमा हामी बन्दै गरेको फिल्ममा के के हुन सक्छ भन्ने कुराको केहि हद सम्म अनुमान लगाउन सक्दछौ |
सार्वजनिक भिडियोमा हामी अनुष्का शेट्टी, प्रभास र कटप्पाको सिन देख्न सक्दछौ | गत बर्ष रिलिज भएको फिल्म “बाहुबली” ले बिस्वभरिमा ६०० करोडको व्यापार गरेको थियो | यस फिल्मको सीक्वल आउने बर्ष २८ अप्रिलमा रिलिज हुदैछ |
हेर्नुस भिडियो :

Leave a Reply

%d bloggers like this: