Sat. May 11th, 2024

मनोरंजनसंसार डटकम
भाद्र ३ गते प्रदर्शन मिति तोकेको र अहिले सर्भाधिक चर्चा र प्रतिक्षामा रहेको चलचित्र “वीर विक्रम” को नायिका दिया पुन लण्डनबाट काठमाडौँ आए लगतै प्रोमोशनको सिलसिलामा उपराष्ट्रपतिको कार्यालय कान्तिपथमा उपराष्ट्रपति नन्दबहादुर पुनलाइ भेट्न पुगिन | उनि त्यहाँ पुग्दा निकै नै फरक किसिमको वातावरण बन्यो | उनि त्यहाँ पुगना साथ उपराष्ट्रपति नन्दबहादुर पुनले उनि लगायत सम्पूर्ण चलचित्र “वीर विक्रम” टिमलाई बधाई तथा शुभकामना दिनुभएको छ | उहाले जुन किसिमको चर्चा परिचर्चा अहिले देशभर चलचित्र “वीर विक्रम” को रहेको छ त्यस हिसाबले चलचित्र निकै नै राम्रो बनेको आशा आफुले राखेको कुरा पनि उल्लेख गर्नुभएको छ | त्यसै गरि उहाले चलचित्रको प्रिमिएर शो मा आफु उपस्थित हुने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ | चलचित्रको बजारमा भैरहेको व्यापक हल्ली खल्लीले चलचित्र हेर्नलाई आफुलाई निकै नै धेरै उत्सुकता जगाएको कुरा पनि उहाले प्रस्ट पार्नुभएको छ | चलचित्रको गीत संगीत पनि निकै नै बलियो रहेको र त्यसले आफ्नो मन छोएको कुरा समेत उहाले बताउनु भएको छ | त्यस्तै उहाले नेपाली समाजमा यस किसिमको निकै नै राम्रो र प्रभावकारी चलचित्र प्रस्तुत गर्ने कोसिस गरेकोमा चलचित्रका निर्माता तथा निर्देशक मिलन चाम्सलाई हृदयबाट सम्मान प्रकट गर्दै बधाई र शुभकामना दिनुभएको छ |
bir-bikram
उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्नको लागि उपराष्ट्रपतिको कार्यालय कान्तिपथमा नायिका दिया पुन संगै चलचित्र “वीर विक्रम” का निर्देशक तथा निर्माता मिलन चाम्स , विदेश वितरण प्रमुख एवं ग्रिष्मा इन्टरटेनमेन्टका प्रमुख गृहेन्द्र घिमिरे लगायतका टिम उपस्थित भएका थिए | उपराष्ट्रपतिको चलचित्र “वीर विक्रम” प्रतिको यस किसिमको प्रतिक्रियाले आफु लगाएत आफ्नो टिमलाई निकै हौसला मिलेको कुरा निर्देशक तथा निर्माता मिलन चाम्सले उल्लेख गर्नुभएको छ | चलचित्र निकै नै राम्रो बनेको र नेपाली चलचित्र क्षत्रमा “वीर विक्रम” ले नया इतिहास रची अर्को आयाम थप्ने काम गर्ने विश्वास उहाले ब्यक्त गर्नुभएको छ |
bir-bikram
bir-bikram
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: