Mon. May 6th, 2024

मनोरंजनसंसार डटकम
बलिउडकी पूर्व स्टार अभिनेत्री श्रीदेवीको जेठी छोरी जाहन्वी कपुरको उमेर ठ्याक्क १९ वर्ष लाग्यो। त्यसैले अहिले भारतका थुप्रै फिल्म निर्दैशक उनलाई आफ्नो आगामी चलचित्रमा ‘लञ्च’ गर्न ज्यान फ्यालेर लागेका छन्। तर, उनीहरूले सफलता प्राप्त गर्न सकेका छैनन्।
यस्तै, पछिल्लो समय गजनी र होलिडेजस्तो हिट हिन्दी फिल्मको निमार्ण गर्ने एआर मुर्गादोस आफ्नो अघिल्लो तेलुगु फिल्ममा जाहन्वीलाई ‘ब्रेक’ दिन राम्रो प्रस्तावअघि सारेका छन्। मुरुगदासले दक्षिण भारतमा पनि थुप्रै हिट फिल्म निमार्ण गरिसकेका छन्। उनले श्रीदेवीको छोरीलाई लिएर निमार्ण गर्न लागेको फिल्मको बजेट १ अर्ब ५० करोड भारतीय रुपियाँ भएको बताइएको छ। यसको मुख्य भूमिकामा दक्षिण भारतका स्टार महेश बाबु देखा पर्दैछन्।
मुरुगदासले आफ्नो नयाँ प्रोजेक्टमा जान्हवीलाई अनुबन्ध गर्न उनका निर्दैशक पिता बोनी कपुर र श्रीदेवीले स्विकृति दिइसकेका छन्। तर, जाहन्वीले मुरुगदासको आकर्षक प्रस्ताव भने अस्विकृत गरेकी छिन्। श्रोतका अनुसार जाहन्वी आफ्नी आमाजस्तै अभिनेत्रीको रूपमा फिल्मलाइनमा आउन त चाहन्छिन्।
तर, उनले त्यो बेला अहिले नआइसकेको भन्दै मुरुगदासको प्रस्ताव अस्विकृत गरेकी हुन्। जाहन्वी अहिले अमेरिकाको लस एञ्जल्सस्थित लि स्ट्रासबर्ग थिएटरमा अभिनय सिकिरहेकी छिन्। श्रीदेवी आफ्नी छोरीलाई दबाब दिने मनस्थितिमा छैनन्। त्यसैले उनले भनेकी छिन्–‘उनलाई जतिबेला फिल्ममा अभिनय गर्न मन लाग्छ, त्यतिबेला उनी फिल्ममा देखा पर्नेछिन्।’

Leave a Reply

%d bloggers like this: