Mon. May 20th, 2024

मनोरंजनसंसार डटकम
दिपाश्री निरौला निर्देशित ‘छक्का पन्जा’को नयाँ गीत ‘देख न चम्पा’ गीत रिलिज भएको छ। गीतमा दिपकराज गिरी तथा प्रियंका कार्की मुख्य रूपमा फिचर भएका छन्।
गीतमा दिपाश्री तथा कृष्ण काफ्ले स्वर रहेको छ। शान्तिप्रियको रचना रहेको गीतमा दिपक शर्माले संगीत दिएका हुन्। गीतलाई कविराज गहतराजले करियोग्राफ गरेका हुन्।
फिल्म भदौ २४ गते रिलिज हुँदैछ। ‘छक्का पन्जा’लाई यस वर्ष व्यापारका हिसाबले आशालाग्दो फिल्मका रूपमा हेरिएको छ।
दिपाश्रीको निर्देशकिय डेब्यू रहेको फिल्ममा दिपक, प्रियंकाका अलावा जितु नेपाल ‘मुन्द्रे’, शिवहरी पौडेल, केदार घिमिरे ‘माग्ने बुढा’, बुद्धि तामाङ्, वर्षा राउत, नम्रता सापकोटा आदिको मुख्य भूमिका रहेको छ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: