Sat. May 4th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र ‘अनमोल क्षण’ असार १७ गतेदेखि नेपालमा रिलीजमा आउने चलचित्र हो । अनमोल गुरुङले निर्देशन गरेको यो चलचित्र यसअघि सिक्किमका बिभीन्न स्थानमा रिलीज भैसकेको छ । सिक्किममै छायांकन भएको यो चलचित्रले बिभीन्न अवार्ड समेत जितीसकेको छ । यसै चलचित्रको अर्को नयाँ प्रोमो सार्बजनिक गरिएको छ । ट्रेलरमा प्रेम र प्रेमको पिडा देखाइएको छ ।
पारिवारिक प्रेमकथामा निर्माण भएको यो चलचित्रलाई राधा थापाको प्रस्तुतीमा किसोर राईले निर्माण गरेका हुन् । चलचित्रमा शलोम काबो लेप्चा ,स्नेहा राई ,अनुरुप राई ,सन्नी लेप्चा लगायतको अभिनय देख्न सकिन्छ । श्री कृष्ण फिलिम्सले नेपालमा वितरण गर्न लागेको यो चलचित्रमा अनमोल गुरुङ र आनन्द राईको संगीत , पनु लुच्क्सोमको छायांकन रहेको छ ।
हेर्नुस ट्रेलर :

%d bloggers like this: