Sat. May 4th, 2024

मनोरंजनसंसार डटकम
gajalu
जेठ २८ गते शुक्रबार देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आएको चलचित्र “गाजलु” ले अष्टनारायण हलमा अहिले सम्मकै रेकर्ड ब्रेक गरेको छ | प्रदर्शन सुरु गरेको तेस्रो दिन सम्म पनि अष्टनारायणमा हलमा ३ वटा प्रदामा सबै शो हाउसफुल गरेर अहिले सम्मकै रेकर्ड ब्रेक गर्न सफल भएको हो | चलचित्रले करोड क्लबमा समेत प्रवेश गरिसकेको छ | चलचित्र अहिले नेपाली बजारमा अत्याधिक चर्चाको शिखरमा रहेको छ | चलचित्रले ब्यापारिक हिसाबमा पनि रेकर्ड ब्रेक गर्न सक्ने आशा बजार वितरक गोबिन्द शाहीले बेक्त गर्नुभएको छ | चलचित्रको अत्याधिक डिमान्डका कारण राजधानीको सम्पूर्ण हलहरुमा शो थपिने क्रम निकै बढ्दो छ |
gajalu
चलचित्रले अहिले देशभर नै वा वा बटुलिरहेको छ | दर्शकहरुले चलचित्रमा सलोन बस्नेतको कमेडीलाई निकै नै मन पराएका छन् | चलचित्रमा अनमोल र सृष्टिको केमेसट्री पनि खुब जम्यो | चलचित्रको कथा बस्तु र कलाकारहरुको मेहेनतले गर्दा पनि चलचित्र यो स्थान सम्म आइपुगेको कुरा निर्माता रोहित अधिकारीले बताउनु भएको छ | चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्नुभएको हो |
gajalu
हेर्नुस ट्रेलर:

%d bloggers like this: