Sat. Sep 21st, 2024

मनोरंजनसंसार डटकम
Relation
वण्डरस मुभिज एण्ड क्रिएटिभको व्यानरमा मास्टर डान दिवाकर महर्जनद्वारा निर्मित तथा दिपेन्द्र प्रसाद दाहालद्वारा निर्देशित चलचित्र “रिलेशन” को पहिलो गीत सार्वजनिक भएको छ | “मेरो मनमा तिम्रै माया ” बोलको यस गीतमा राज सिग्देल र सुदेशा बिस्टले आफ्नो सुमधुर स्वर दिएका छन् | चलचित्र “रिलेशन” को अहिले नेपाली बजारमा व्यापक चर्चा परिचर्चा भईरहेको छ | चलचित्रको कथा बस्तु र गीत संगीत निकै नै राम्रो रहेको कुराको जानकारी निर्माण टिमले दिएको छ |
चलचित्रमा नेपाली तथा बिदेशी कलाकारहरुको पनि अभिनय हेर्न पाइने छ | फिल्ममा रमेश के.सी. मट्टारे, सुशिल पोखरेल, लक्षण विक्रम बस्नेत, विद्या कार्की, उपेन्द्र तिमिल्सिना, दिनेश श्रेष्ठ, राधा श्रेष्ठ, गीता अधिकारी, दिवाकर महर्जन, क्रिष्टिना नुनास, लक्षण थामी, सुदिप कँुवर, कृष्ण रसाल, महिमा सिलवाल आदिको अभिनय रहेको छ । चलचित्रलाई पूर्णरुपमा नेपाली समाजको परिवेशमा तयार पारिएको कुरा पनि निर्माता दिवाकर महर्जनले बताउनु भएको छ | चलचित्रले देश विकासमा ठुलो सहयोग पुराउने कुरामा निर्माण टिम निकै नै आशावादी रहेको छ | चलचित्रका शुटिंग नेपाल लगाएत अमेरिकामा समेत गरिएको छ |
आज पनि ग्रामीण भेगमा गुण्डागर्दी, धाकधक्कु जस्ताको तस्तै छ र त्यो समाजका मान्छेहरु यस्ता क्रियाकलापबाट पीडित छन् त्यसबाट मुक्तिका लागि तेक्वान्दो एउटा औजार हुन सक्छ भनेर देखाईएको फिल्ममा ६ वटा भन्दा बढी फाइट रहेका छन् ।चलचित्रमा गोविन्द प्रभातले नृत्य निर्देशन गरेका छन् भने अष्ट महर्जन र कुमार महर्जनको द्वन्द्व रहेको छ | चलचित्र असार १० गते बाट देशभर एकैपटक प्रदर्शनमा आउदै छ |
हेर्नुस गीत:

हेर्नुस ट्रेलर: