Sun. May 5th, 2024

मनोरंजनसंसार डटकम
bipasha-karan
हालै विवाह गरेर हनिमुन मनाइरहेकी नायिका विपाशा बसु आफूले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरमा आएका कमेन्ट देखेर आक्रोशित छिन् । लामो समयदेखि चर्चामा रहेकी विपाशाले अघिल्लो महिना करणसिंह ग्रोबरसँग विवाह गरेकी थिइन् ।
bipasha-karan
विवाहलगत्तै उनी श्रीमान् करणका साथ हनिमुन मनाउन मालदिप्स पुगेकी थिइन् । त्यस क्रममा उनले समुद्री किनारदेखि अन्य विभिन्न स्थानमा फरक पोजका तस्बिर खिचिन र सामाजिक सञ्जालमा पोष्ट गरिन् । इन्स्टाग्राममा ती तस्बिरलाई लिएर विवाद सिर्जना भयो । केही प्रयोगकर्ताले अश्लील कमेन्ट गरेपछि विप्स अचानक भड्किन । उनले पनि ती कमेन्ट्सलाई राम्रै जवाफ दिइन् ।
bipasha-basu-and-karan-singh-grover
विपाशाले लेखिन्– ‘यो मेरा तर्फबाट हालैको टावल आर्टसँग सम्बन्धित पोष्टलाई लिएर लेखिएको हो । यो पहिलो पोष्ट ३ जनवरी २०१५ मा गरिएको थियो । अचम्मित तुल्याउने कुनै नेगेटिभ कमेन्ट आएनन् तर यो हप्ता दोस्रो पोष्ट गरियो । धेरैभन्दा धेरै नराम्रा घिनलाग्दा कमेन्ट्स आए । मेरो प्रश्न छ, ट्यालेन्टेड हाउसकिपिङ स्टाफको टावल आर्टमा आपत्तिजनक वा परेशान तुल्याउने त्यस्तो के छ ? आखिर त्यस्तो के बदलियो ? के अब म विवाहित हो त्यसकारण टावल आर्ट रुचाउनु हुन्न भन्ने छ ? यो सब बेकारको कुरा हो ।

%d bloggers like this: