Fri. May 3rd, 2024

मनोरंजनसंसार डटकम
फिल्म ‘लालजोडी’को गीत रिलिज भएको छ। युट्युब जुकबक्समा चार गीत अटाएका छन्। जसमा ‘माँ कसम’ बोलको गीतमा अभिनेत्री रेखा थापाले स्वर दिएकी छिन्। रेखा थापासँगै प्रल्हाद तिमल्सिनाको स्वर सुनिन्छ। लक्ष्मण सुवेदीको शब्दमा थानेश्वर गौतमले संगीत दिएका छन्।
‘आज त क्या ब्युटी’ बोलको गीतमा दिनेश सुवेदीको शब्द, टंक बुढाथोकीको शब्द छ भने राजेशपायल राई र मनिषा पोखरेलले स्वर दिएका छन्।
त्यस्तै, ‘घिटीघिटी’ गीतमा लक्ष्मण सुवेदीको शब्द, सन्तोष श्रेष्ठको संगीत, युवराज चौलागाईंको स्वर रहेको छ भने ‘कोही छ मसँथ भिड्ने’ गीतमा लक्ष्मण सुवेदीकै शब्द, विक्रम राईको संगीत र ज्योति काफ्लेको स्वर सुनिन्छ।
लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशनमा तयार फिल्म भदौ १७ गते रिलिज हुनेछ। फिल्ममा ज्योति काफ्ले, रजनी केसी आयुष्मा कार्की, बुद्धि तामाङ, पुरन थापा, किशोर भण्डारी, गोविन्द कोइरालालगायतले अभिनय गरेका छन्।
हेर्नुस गीत :

%d bloggers like this: