Tue. Apr 30th, 2024

विगत केही वर्षदेखि रेखा थापा अवार्डको प्रतिष्पर्धाबाट बाहिर छिन्। बुधबार राजधानीमा नेपाल चलचित्र कलाकार संघले सुरु गर्न लागेको ‘फान अवार्ड’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे थप प्रष्ट पारिन्।
उनले दर्शक नै आफ्नो सबैभन्दा ठूलो अवार्ड भएको बताउँदै आफू कहिल्यै पनि अवार्डमा प्रतिष्पर्धा नगर्ने दाबी गरिन्। ‘अवार्ड बहिष्कार’बारे भ्रम फैलिएको बताउँदै आफूले बनाएको फिल्मबाट जोकोहीलाई अवार्डमा प्रतिष्पर्धा गर्न छुट भएको तर आफू भने कहिल्यै प्रतिष्पर्धामा नउत्रिने उनको भनाई छ।
‘पछिल्लो समय आएका बहिनीहरुसँग प्रतिष्पर्धा गर्नभन्दा मेरो फिल्ममा जो प्रतीभा हुनुहुन्छ उहाँहरुले चाहेको खण्डमा भाग लिन सक्नुहुन्छ।’ रेखाले भनिन्,‘ मेराे फिल्ममा काम गर्नुभएकालाई अवार्डमा इच्छा हुँदा म राेक्दिनँ। तर म र मेराे फिल्म अवार्ड प्रतिष्पर्धाकाे दाैडमा लाग्दैन। प्रत्येक वर्ष फिल्म रिलिज हुँदा उर्लिएकाे मानवसागर नै मेराे लागि अवार्ड हाे। यदि अवार्ड कार्यक्रमकाे प्रतिष्पर्धामा लागें भने मैले दर्शकप्रति अवमुल्यन गरेकाे ठहरिनेछ। १४ वर्षदेखि दर्शकले दिएकाे अवार्डले म सगरमाथाकाे चुचुराेमा छु भने बेसक्याम्पबाट माथितिर उक्लँदै गरेका बहिनीसँग म किन प्रतिष्पर्धा गराैं? तर म अवार्ड कार्यक्रममा जाँदै नजाने भन्ने होइन। मेरो उपस्थितिको खाँचो रहेको खण्डमा म जहाँ पनि पुग्न सक्छु तर प्रतिष्पर्धाको हिसाबले होइन। नगएको खण्डमा बहिष्कार गरेको भन्ने कुरा आउँदैन।’

%d bloggers like this: