Tue. May 7th, 2024

“के म तिम्रो होइन र” बैशाख ३१ गते शुक्रवार देखि प्रदर्शन हुदैछ | चलचित्र निकै राम्रो बनेको निर्माण पक्ष्ये को दाबी छ | चलचित्रमा आर्यन अधिकारी एक्सन धारमा देखिएका छन् भने मरिष्का पोखरेल लभर गर्लका रुपमा रहेकी छिन् । आकाश अधिकारी निर्देशित यसै चलचित्र बाट यि दुईले सफल हुने बिश्वास समेत लिएका छन् । चलचित्र एक्शन अनि लव स्टोरीमा आधारित रहेको कुरा निर्माण पक्षले जानकारी दिएको छ | अभिनए विधाबाट केहि समय टाढा रहेका आकाश अधिकारी लामो समयको अन्तराल पछि “के म तिम्रो होइन र ” मार्फत फर्किएका छन् | फिल्म धेरै राम्रो बनेको र दर्शकको मन जित्न सफल रहने विश्वास निर्देशक अधिकारीले बेक्त गरेका छन् |
अधिकारी ब्रोदेर्स ब्यानर द्वारा प्रस्तुत चलचित्र “के म तिम्रो होइन र ” को निर्माता सुरेश अधिकारी हुन् भने सह-निर्माता संजय भट्ट र सुनिल अधिकारी हुन् | फिल्ममा आर्यन अधिकारी , मरिष्का पोखरेल लगाएत अरु थुप्रै कलाकारको अभिनय रहेको छ |फिल्म वितरण को जिम्मा गोपाल कायस्थ , गोबिन्द शाही र FD कम्पनीले लिएको छ | फिल्ममा बसन्त सापकोटा र तारा परकाश लिम्बुको संगीत रहेको छ भने बसन्त श्रेष्ठ र रेनेशा बान्तवा राईको निर्त्ये निर्देशन रहेको छ | फिल्ममा हिमाल केसीको द्वन्द निर्देशन रहेको छ |

%d bloggers like this: