Sat. May 4th, 2024

चर्चित साहित्यकार अमर न्यौपानेको लेखनमा पुराना कलाकार तथा निर्माता निर शाहले x-पार्क नामक चलचित्र निर्माण गर्ने भएका छन् । अमरले पहिलो पटक चलचित्र लेख्न लागेका हुन् । यस्तै चलचित्र निर्देशनमा समेत परिच्छेद सेनले डेब्यु गर्ने भएका छन् ।
अमर न्यौपानेका ‘पानीको घाम’, ‘सेतो धरती’, ‘करोडौ कस्तुरी’ लगायतका उपन्यास चर्चित छन् । भने,उनले थुप्रै कथा संग्रह समेत सार्बजनिक गरेका छन् । उनले ‘सेतो धरती’ बाट मदन पुरष्कानिर शाहको यस अघिको चलचित्र ‘मसान’ र ‘सेतो बाघ’ मा मुख्य सहायक निर्देशन गरेका परिच्छेद सेनलाई नै निरले ठुलो प्रोजेक्ट सुम्पेका छन् । सेनले यस अघि ‘नाई नभन्नु ल ३’, ‘माला’ सहित आधा दर्जन जति सिनेमामा मुख्य सहायक निर्देशन गरिसकेका छन् ।
निर शाहको यस अघिको चलचित्र ‘मसान’ र ‘सेतो बाघ’ मा मुख्य सहायक निर्देशन गरेका परिच्छेद सेनलाई नै निरले ठुलो प्रोजेक्ट सुम्पेका छन् । सेनले यस अघि ‘नाई नभन्नु ल ३’, ‘माला’ सहित आधा दर्जन जति सिनेमामा मुख्य सहायक निर्देशन गरिसकेका छन् ।
चलचित्रका बारे निर्देशक सेनले संसारलाई एउटा पार्कका रुपमा हेरीएको र x को अर्थ बुझ्न चलचित्रको प्रदर्शन नै प्रतिक्षा गर्नु पर्ने बताएका छन् । x-पार्क भन्ने बितिक्कै गलत नाम हो की बन्ने किसिमको सुझाब आईरहेको बताउदै नाममा गलत नरहेको र चलचित्र संसार संग सम्बन्धित रहेको दाबी गरेका छन् । यसो त x को अर्थ बिज्ञान र गणितिय समिकरण संग आधारित रहेको समेत बताए ।
चलचित्रका लागि कलाकारको खोजी भईरहेको निर्माण पक्षले जानकारी गराएको छ । निर सिनेमाको ब्यानरमा निर्माण हुने चलचित्रमा ६० देखी ८० लाख लगानी रहनेछ । काठमाण्डौ र सल्यानमा छाँयाकन हुने चलचित्र आउदो बैशाखमा चलचित्र प्रदर्शनमा आउनेछ ।

%d bloggers like this: