Mon. Apr 29th, 2024

गोविन्दाले आफ्नो अभिनयबाट लाखौँका दिल लुट्न सफल भए । अब पालो आएको छ उनका छोटा यशवर्दन आहुजाको । यशले अब बलीउडमा कदम राख्दैछन् । हाल यशवर्धनले फिल्ममेकर साजिद नाडिवालाको मार्केटिङ् टीममा रहेर काम गरिरहेका छन् । उनि अब सलमान खान स्टारर चलचित्र ‘किक’को सिक्वेलमा देखिनेछन् ।
यश हालै लण्डनबाट फिल्म मेकिङ् कोर्ष पुरा गरेर मुम्बई फर्केका छन् । उनले लण्डनमा अभिनय र निर्देशनको ज्ञान हासिल गरेका थिए । आगामी दिनमा पनि उनि अभिनय सिक्न अमेरिका जाँदैछन् ।

%d bloggers like this: