Thu. May 2nd, 2024

nischal swastima
चर्चित निर्देशक निश्चल बस्नेतले मोडेल तथा नबअभिनेत्री स्वस्तिमा खड्का संग ईन्गेज्मेन्ट गरेका छन । केहि समयदेखि यी दुई प्रेममा रहेको र बैबाहिक बन्धनमा बाँधिने समाचार आएता पनि निश्चलले भने अस्विकार गरेका थिए ।
तर, उनीहरुले सोमबार ईन्गेज्मेन्ट गरेका छन । उनीहरुको बिबाह आगामी फागुन ५ मा हुने सम्भावना रहेको बुझिएको छ । केहि समय पहिले उनीहरुको बिहे हुने भन्ने समाचार आउदा निश्चलले आफ्नो स्वस्तिमासँग बिबाहको कुनै सोच नभएको र समाचार झुटो भएको बताएका थिए ।
अन्ततः उनीहरुको बिबाह नै हुने भएको छ, श्रोतका अनुसार निश्चलले यो प्रेम बिबाह नभई एक अर्काको परिवार बाट कुरा चलेको र कुरा बिबाह सम्म पुगेको बताएका छन ।
स्वस्तिमाले ‘होस्टेल रिटर्न्स’मा माफर्त अभिनयमा डेब्यु गरेकी हुन् भने हाल म्युजिक भिडियो अभिनयमा व्यस्त छिन । ‘लुट’ निर्देशन गरि चर्चा कमाएका निश्चलले ‘टलकजंग भर्सेज टुल्के’ पनि निर्देशन गरे, उनि हाल सिनेमा अभिनय र निर्माणमा समेत सक्रिय छन ।
निश्चल युवापुस्ता माझ निकै लोकप्रिय छन, कहिले कहिँ बिभिन्न कुरामा समेत उनि बिबादमा पर्ने गरेका छन ।
nischal basnet engagementnischal swastima

%d bloggers like this: