Sun. Apr 28th, 2024

आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनित सिनेमा ‘क्लासिक’को अडियो गीत(OST) रिलिज गरिएको छ ।
यूवराज चौलागाँइको स्वर, ताराप्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्द रहेको ‘हारे हारे’ बोलको गीतको सार्वजनिक अडियो निकै मन छुने बनेको छ ।
सुवास गिरी इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो सिनेमाको मुख्य पात्र आर्यन सिग्देल र नम्रता श्रेष्ठ सिनेमामा आखा नदेख्ने सांगीतिक जोडीको रुपमा देखिने छ।
माघ २९ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

%d bloggers like this: