Wed. May 8th, 2024

बच्चैदेखि फिल्म भनेपछि हुरुक्कै हुन्थेँ । नाच्न, अभिनय गर्न भनेपछि अघि सरिहाल्थेँ । पछि ममा हिरोइन बन्ने रहर पलायो । एसएलसी दिनुअघि नै मेरो निर्देशक मुस्कान ढकालसँग चिनजान थियो । उहाँको सहयोगले गर्दा प्लस टु पढ्दै गर्दा म पहिलोपटक ‘झेली’ फिल्ममा हिरोइन बनेँ ।New Image
पहिलो फिल्म, त्यसमाथि हिरो, अरू कलाकार पनि नयाँ, मैले खास केही मेसो पाइनँ । तर पनि, सक्दो मिहिनेत गरेर अभिनय गरेँ । सबैले मेरो कामको तारिफ गरे । झेली अलि ढिला रिलिज भयो । त्यतिवेला म ‘नाइके’ फिल्मको सुटिङमा व्यस्त थिएँ । झेली सफल भएन । डेब्यु फिल्म नचल्दा मन खिन्न भयो । तर, नाइके हिट होला भन्ने सोचेकी थिएँ । त्यो पनि त्यस्तै भयो । त्यसपछि मलाई लाग्यो, मैले मात्रै राम्रो गरेर फिल्म चल्ने रहेनछ । फिल्म हिट हुनका लागि थुप्रै कुराको तालमेल मिल्नुपर्ने रहेछ । त्यसकारण, अचेल मलाई फिल्म नचलेको कुराले पीडा हँुदैन ।
‘होमवर्क’ फिल्ममा मैले अतिथिको भूमिका निर्वाह गरेकी थिएँ । सोही क्रममा स्क्रिप्ट राइटर शिवम अधिकारीसँग चिनाजन भयो । उहाँले ‘सुश्री’ फिल्म निर्देशन गर्दै हुनुहुँदो रहेछ । मलाई अनुबन्धित गर्नुभयो । फूलपाती, कात्तिक ३ गतेदेखि रिलिज हुन लागेको सुश्रीबाट मलाई निकै नै आशा छ । नाइकेमा झैँ यो फिल्ममा पनि मेरो ‘पियर’ आर्यन सिग्देल हुनुहुन्छ । सुश्रीमा आर्यनलाई एकोहोरो माया गर्ने पीडित युवतीको भूमिकामा छु ।
नया पत्रिकाबाट

%d bloggers like this: