Wed. Apr 24th, 2024

काठमाण्डौमा सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले प्रदान गर्ने ‘इनास अवार्ड’मा नायक आर्यन सिग्देल उत्कृष्ट अभिनेता र नायिका केकी अधिकारीले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुम्न सफल भएका छन् । keki
आर्यनले चलचित्र नोभेम्बर रेनबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए भने नायिका केकी अधिकारीले चलचित्र वितेका पलबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् । त्यस्तै उत्कृष्ट निर्देशकको अवार्डमा निश्चल बस्नेतले चलचित्र टलकजंग भर्सेज टुल्केबाट पाए भने सोहि चलचित्रले उत्कष्ट चलचित्रको अवार्ड पनि हात पार्‍यो ।
सोमबार राजधानीमा आयोजित अवार्ड समारोहमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त अमर तारा सम्मान, अभिनेता मुलरीधर र विश्वकै कान्छा निर्देशक सौगात विष्टलाई बिशेष सम्मान, गायक प्रशान्त तामाङ्, कपिल थापा, बाबु बोगटी, कोरिायोग्राफर शंकर बिसीलाई पनि सम्मान गरिएको थियो ।inas-in3
निर्देशक तुलसी घिमिरेलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उनलाई १ लाख नगद सहित सम्मान पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा एनआरएन पदाधिकारीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।
इनास अवार्ड मा उत्कृष्ट बाल कलाकारमा संगम बिष्ट ले लभ यू बाबाबाट,  उत्कृष्ट द्वन्द्वमा चन्द्र पन्तले लज्जाबाट, उत्कृष्ट नृत्य निर्देशकमा वसन्त श्रेष्ठ ले कोहिनूरबाट,  उत्कृष्ट गायिकामा अञ्जु पन्तले स्टुपिट मनबाट, उत्कृष्ट गायकमा स्वरुपराज आचार्यले स्टुपिड मनबाट, उत्कृष्ट गीतकारमा कृष्णहरी बरालले मर्ने कसैलाई रहर हुँदैनबाट, उत्कृष्ट संगीतकारमा अर्जुन पोखरेलले स्टुपिड मनबाट ,उत्कृष्ट आलेखमा रामबाबु गुरुङर उपेन्द्र सुब्बाले कबड्डीबाट, उत्कृष्ट सम्पादनमा विपिन मल्लले वितेका पलबाट र उत्कृष्ट छायाँकारमा पुरुषोत्तम प्रधानले कबड्डीबाट अबार्ड हात पारे । inas-in1

%d bloggers like this: