Thu. Apr 18th, 2024

आसुसेन फिल्मसको दोश्रो प्रस्तुति फिल्म “प्रेमगीत”को टिजर सार्वजनिक भएको छ।युवा र राष्ट्रियता सम्बन्धि कथा बोकेको फिल्म “चंखे शंखे पंखे”को सफलतापछि आसुसेन फिल्मसको दोश्रो प्रस्तुतिका रुपमा “रोमान्टिक लभ स्टोरी” कथा बोकेको फिल्म “प्रेमगीत”को टिजर सार्वजनिक भएको हो ।
Untitled-1 copy
“आसुसेन फिल्मस प्रोडक्सन”को आफ्नै युट्युब च्यानलबाट “प्रेमगीत”का े टिजर मंगलबार सार्वजनिक गरिएको हो ।  यस बर्षको “भ्यालेन्टाइन डे” अथवा प्रणय दिवसको अवसरमा प्रदर्शन हुने यो फिल्मलाई पनि सन्तोष सेनले नै निर्माण गरेका हुन् ।
यो फिल्मको निर्देशन सुपरहिट फिल्म “मेरो एउटा साथी छ” देखि केही समय अघि मात्र प्रदर्शनमा आएको सफल फिल्म “चंखे शंखे पंखे”कै निर्देशक सुदर्शन थापाले गरेका छन् ।
फिल्मको सार्वजनिक टिजरमा नायिका पूजा शर्मासंगै नवनायक प्रदिप खड्काको मुख्य अभिनय देखिन्छ ।
“प्रेमगीत”को सार्वजनिक टिजरको गीतमा अहिलेका सफल र चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । फिल्मको यो गीतमा रेनेशा राईको कोरियोग्राफी छ भने राजेश श्रेष्ठले उत्कृष्ट प्रविधीको प्रयोग गरी छायांकन गरेका छन् ।
फिल्मको गुणस्तरमा कुनै पनि कमी नआउने गरी निर्देशकको चाहना अनुसार अहिलेसम्मकै उत्कृष्ट प्रविधिको प्रयोग गरि फिल्म निर्माण गरेको निर्माता सन्तोष सेन बताउँछन् ।प्रेमकथामै आधारित फिल्म “मेरो एउटा साथी छ”बाट उत्कृष्ट निर्देशकको अवार्डसमेत जितिसकेका यसका निर्देशक सुदर्शन थापा यो अहिलेसम्मकै उत्कृष्ट लभस्टोरी फिल्म हुने बताउँछन् ।
फिल्म “चंखे शंखे पंखे”को सफल प्रदर्शनपछि हौसिएको निर्माण युनिट फिल्म “प्रेमगीत” मार्फत दर्शकका माझँ आउदा झन् सफल हुनेमा विश्वस्त समेत देखिएको छ।
https://www.youtube.com/watch?v=xnO9mjBTEZc

%d bloggers like this: