Wed. Apr 24th, 2024

दशैंमा प्रदर्शनमा आउने यो चलचित्र ‘अधकट्टी’को ‘हे नम्रता’ बोलको गीत सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा नम्रताको सुन्दरता छल्केको छ ।
सञ्चारकर्मी सुव्रत आचार्यको निर्देशन रहेको ‘अधकट्टी’लाई प्रदिपकुमार उदयले निर्माण गरेका हुन् । यो चलचित्रमा विल्सनसँगै, गौरव पहारी, आशिष्मा नकर्मी, प्रदिप बास्तोला लगायत मुख्य भुमीकामा रहेका छन् ।
‘फन पार्क’मा छायाँकन गरिएको गीतमा नम्रतासँगै गजित बिष्ट, विल्सन विक्रम राई लगायत फिचरिङमा छन् । कमेडी जनराको यो चलचित्रको सार्वजनिक गीतमा संगीत राजन इशानको छ । भने निशा देशारका साथ राजन इशान र युवराज चौंलागाईको स्वर रहेको छ ।

%d bloggers like this: