Thu. May 2nd, 2024

निखिलको उप्रेतिको  फिल्म ‘भैरव’ले दुई दिनमा १ करोड भन्दा बढी कमाई गरेको छ । फिल्म वितरकहरुले दुई दिनमै करोडको आँकडा छोएको बताएका छन् । काठमाडौं र मोफसलका केही ठाउँमा मात्र रिलिज भएको फिल्मबाट भएको यो कमाई भएको हो  ।123
फिल्मले उपत्यका बाहिरबाट दुई दिनमा अनुमानित ३५ लाख र उपत्यकाबाट ८० लाखको ग्रस गरेको वितरकले जानकारी दिएका छन् । काठमाडौंका वितरक गोपाल कायस्थले शुक्रबार फिल्म उपत्यकामा २४ लाख कारोबार गरेको र शनिबार कारोबार संख्या दोब्बर पार्दै ५६ लाखको व्यापार गरेको बताएका छन् ।
शनिबार ‘भैरव’ गोपीकृष्णका ३, गुण हलका ४ र अष्टनारायण हलका ३ वटै पर्दामा हाउसफूल भएको थियो । त्यसैगरि ‘भैरव’लागेका बाँकी हलपनि ओभरफ्लो भएका थिए । फिल्म चल्नुलाई निखिलको स्टारक्रेज मुख्य कारण मानिएको छ ।nikhil uprety q

%d bloggers like this: