Thu. May 9th, 2024
अमेरिकाको ओमाहा, नेब्रास्कामा सफल भएपछि नेपाली चलचित्र अझै पनि पुन: अमेरिकामा प्रदर्शन हुने भएको छ । अमेरिकाको उत्तरी केरोलिनामा प्रदर्शन हुन लागेको चलचित्र ‘अझै पनि’लाई दर्शकहरुले अत्याधक रुचाइएको कारण पुन: प्रदर्शन गर्न लागिएको अमेरिका भर प्रदर्शनको जिम्मा लिएका राज आचार्यले जानकारी दिए । Ajhai-Pani-2
केरोलिनामा Triad Nepalese Community Center ले प्रदर्शनीको आयोजना गर्दै छ । स्व. आलोक नेम्बाङ्को निर्देशनमा बनेको अन्तिम चलचित्र अझै पनि’ को केरोलिनाको शो सेप्टेम्बर ८ तारिख शुक्रवार साँझ ७:३० बजे प्रदर्शन हुनेछ ।
‘अझै पनि’ विशुद्द सामाजिक कथामा बनेको चलचित्र हो । यो चलचित्रले काठ क्षेत्रको रहनसहन, सोच तथा नारीको संवेदना एवं सिन्दुरपोतेको महत्वलाई प्रकाश पार्छ । आफुले निर्देशन गरेको चलचित्र प्रदर्शनमा नआउँदै निर्देशक नेम्बाङले आत्महत्या गरेका थिए । Ajhai-Pani-1
चलचित्रलाई सुदर्शन थापा प्रोडक्शन तथा पुनम इन्टरटेनमेण्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् । चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा र सुरक्षा पन्तको प्रमूख अभिनय छ भने पुष्प खड्का, प्रमिला खनाल, विशाल ढुंगाना, विजय लामा, बिपना धिमाल, मिथिला शर्मा, रामशरण पाठक लगायतले पनि अभिनय गरेका छन् ।
रामशरण पाठकको लेखनमा बनेको ’अझै पनि’मा महेश खड्का, हरि लम्साल, राजनराज सिवाकोटी तथा सचिन सिंहको संगीत रहेको छ । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन्Ajhai-Pani-3
%d bloggers like this: