Sun. May 5th, 2024

बिगत पाँच बर्षदेखि गीत लेखनमा क्रियाशिल रुपन्देहीका शंकर कडेलले ‘सान्नानी’ ल्याउने तयारीमा छन् । उनले आफ्नो शब्द रहेको गीतहरु समाबेश गरेर एल्बम ‘सान्नानी’ ल्याउन लागेका हुन् । कडेलले यसभन्दा अगाडी एउटा एल्बम बजारमा ल्याइसकेका छन् भने उनको यो दोस्रो एल्बम हो । यस एल्बममा गीतकार शकर कडेलको एकल शब्द रहने छ । एल्बममा रहेका गीतहरुको हाल रेकडिङ भइरहेको गीतकार शकरले जानकारी दिए ।

sankar

एल्बममा समाबेश गरिएको गीतहरुमा शिब परीयार, मनोजराज, प्रमोद खरेल ,अन्जु पन्त ,रजिना रीमाल , एन्जिला रेग्मी, चिरन्जिबी भण्डारी लगायतले स्वर दिइरहेका छन् । उक्त गीतहरुमा चिरन्जिबी भण्डारी ,अनुप रेग्मी ,हितान शुक्र , बसन्त सापकोटाले संगति भरेका छन् । गीतकार कडेलको पहिलो एल्बममा रहेका चाहेर मात्र र शका गर्ने बानी बोलका गीतले निकैनै चर्चा पाएको थियो । सान्नानीमा कुल ४ ओटा गीतहरु समाबेश गरिने भएको छ । २ गीतको रेकडिङ् भइसकेको र बाँकी २ वटा गीतपनि छिट्टै रेकर्ड गरिने कडेलले जानकारी दिए ।

%d bloggers like this: