Fri. Apr 26th, 2024

पछिल्लो समय एकपछि अर्को गदैं सफल म्युजिक भिडियो निर्देशन गरिरहेका निर्देशक रोजल थापाले निर्देशन गरेको नयाँ म्युजिक भिडियोको छायांकन केहि दिन अगाडी मात्र काठमाडौंको अनामनगरमा सकिएको छ ।

janaki

गीतकार जानकी पन्थको ‘बोलन केही आजको दिन त’ नामक बोलको गीतको छायांकन गरिएको हो । उक्त गीतमा गीतकार जानकी पन्थ,नारायण ढकाल र दिपेश कार्कीले अभिनय गरेका छन् । निर्देशक रोजलले जानकारी दिए अनुसार भिडियोमा नारायण विदेश गएका हुन्छन् त्यहि वेला जानकीको बिबाह दिपेशसँग हुन्छ ।

rosel

तर बिहकै दिन आइपुगेका बेहुलीको ब्याइफ्रेन्डको बेहुला बेहुली चढेको गाडीले नै ठक्कर दिँदा केटाको घटनास्थलमै मृत्यु भएको घटनालाई भिडियोमा देखाइएको निर्देशक थापाले जानकारी दिए । वीरेन्द्र भट्टको छायाँकन रहेको यस म्यूजिक भिडियोको बोगटी स्टुडियो, अनामनगर, त्रिभुवन पार्क र कोटेश्वर वरिपरिका दृश्यमा छायाँकन गरिएको छ ।

janak

यस म्यूजिक भिडियोलाई कम्पन म्युजिकले निर्माण गरेको हो । छायांकन सकिएको उक्त गीतको शब्द संगीत जानकी पन्थकै रहेको छ भने स्वर सत्यराज आचार्यको रहेको छ । चाडैंनै बजारमा ल्याइन लागेको उक्त भिडियोलाई दर्शक,स्रोताले निकै मनपराउने गीतकार पन्थ बताउँछिन् ।

%d bloggers like this: