Thu. Apr 25th, 2024

Modi_Amitabh_85676a__85676f

अमिताभ बच्चनले मोदी सरकारको ‘विज्ञापन’ नगर्ने बताएका छन् । उनले ट्वीट गरेर यस्तो बताएका हुन् । अमिताभले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री मोदीले मलाई सरकारको कुनै विज्ञापनमा जोडिनको लागि भनेका छैनन् । विज्ञापनमा काम गर्ने भन्ने खबर पूरै झूटो हो । कृपया गल्ती सच्याउनुहोला । धन्यवाद !’ पछिल्ला केही दिनहरुमा सामाजिक सञ्जालहरुमा अमिताभ बच्चनले केन्द्र सरकारको विज्ञापनमा काम गर्ने खबर भाइरल भएको थियो । उक्त विज्ञापनमा अमिताभले मोदी धर्म निरपेक्ष रहेको सन्देश जाने विज्ञापन गर्ने हल्ला चलाइएको थियो । सञ्जालहरुमा स्वयम् मोदीले नै अमिताभसँग उक्त काम गर्नको लागि कुरा गरेको हल्ला समेत चलेको थियो । त्यसो त, यसभन्दा पहिला पनि अमिताभले ‘पोलियो उन्मुलन’ र ‘स्वच्छ भारत अभियान’ जस्ता सरकारी अभियानको ब्रान्ड एम्बासडर रही सकेका छन् ।

%d bloggers like this: