Wed. Apr 24th, 2024

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र अलबिदाको नयाँ गीत रिलिज भएको छ । पर्दा हटाउ नामक बोलको गीतमा अभिनेता तथा निर्माता हसन खान र अभिनेत्री अनिता आचार्यको प्रेमलाई प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा सन्तोष लामाको स्वर,ताराप्रकाश लिम्बुको संगीत, गणेश शाहको शब्द तथा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । गीतका भाबहरु निकै राम्रा भएका कारण गीतले दर्शकको मन जित्ने निर्माता तथा कलाकार हसन खानले बताएका छन् । चलचित्र अलबिदामा हसन खान र अनिता आचार्यका अलवा आर्यन सिग्देल पनि मुख्य भूमिकामा देखिएका छन् । फिल्ममा अभिनेता आर्यन सिग्देलले मुस्लिम युवाको भूमिका निभाएका छन्। ‘अलबिदा’ मा मुस्लिम र हिन्दू र्धममा विश्वास गर्ने युवा युवती बिचका प्रेमलाई मुख्य विषय बनाइएको निर्माण पक्षले जनाएको छ। आर्यन सिग्देललाई पहिलोपटक मुस्लिम युवाको भूमिकामा यसै फिल्ममा देख्न सकिन्छ। फिल्मको कथा हसन खान स्वयमले लेखेका हुन्। एचआरके प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘अलबिदा’मा ताराप्रकाश लिम्बुको संगीत,रामेश्वर कार्कीको छायांकन, विपिन मल्लको सम्पादन अनि अष्ट महर्जनको एक्सन रहेको छ । लक्ष्मण रिजालले चलचित्रलाई निर्देशन गरेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=oziRq64fvMg

%d bloggers like this: