Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
पुस २९ गतेको प्रदर्शन मिति तय गर्दै केहि समय अगाडी मात्रै पहिलो गीत अनि टिजर सार्वजनिक गरेको चलचित्र “शब्द” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ | सार्वजनिक ट्रेलरको अनुसार चलचित्र “शब्द” नेपाली बिशुद्ध चलचित्रको सुचिमा परेको देखिन्छ | ट्रेलरमा नेपालको रमणीय ठाउँको सुन्दर दृश्यको साथमा नेपाली भाषा संस्कृतिलाई पनि जोडिएको देख्न सकिन्छ | चलचित्रको ट्रेलरले चलचित्रको बारेमा सकारात्मक तर्कहरु पेश पनि गरेको छ |
ऊ : ओम श्री बज्रयान पिक्चर र बिष्णु कुमार थेबेको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल , अनुभव रेग्मी , कमली वाईबा , रोय दीप श्रेष्ठ , ओशिन भट्टराई , अर्जुन गुरुङ , अनोज लगाएतका कलाकारहरुले अभिनय गरेका छन् | चलचित्रका निर्देशक सन्तोष शिवाकोटी रहेका छन् | त्यसै गरि चलचित्रका निर्माता क्षिरिङ्ग दोर्जे लामा हुन् | चलचित्रमा शिव ढकालको छायांकन , प्रदिप श्रेष्ठको नृत्य , डा. कृष्ण हरि बराल र राजन राज शिवाकोटीको शब्द , राजन राज शिवाकोटी र गैरे सुरेशको संगीत , एन बि महर्जनको द्वन्द र बनिश हमाल र मिलन श्रेष्ठको सम्पादन समावेश रहेको छ | चलचित्रलाई यम थापाले लेखेका हुन् |
चलचित्र टिम अहिले निकै तिब्र रुपले प्रचार प्रसारमा दौडिरहेको छ | प्रदर्शन मिति नजिकिदै गर्दा पनि सबैले आफ्नो तर्फबाट प्रोमोसनमा जुटेको कुरा निर्माता क्षिरिङ्ग दोर्जे लामाले बताएका छन् | चलचित्र निकै नै राम्रो बनेको र दर्शकहरुले नेपाली मौलिकताको साथमा भरपुर मनोरंजन समेत प्राप्त गर्नुहुने विश्वास उनले व्यक्त गरेका छन् |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: