
दुखद समाचार, चलचित्र पत्रकारद्वारा आत्महत्या
लामो समय देखी पत्रकारिता गर्दै आएका चलचित्र पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । शुक्रवार दिउँसो ४ बजे आफू बस्दै आइरहेको कोठामा कपडाको पासो लगाएर उनले आत्महत्या गरेको खबर पाइएको छ । अहिले उनको शरीर पोस्टमार्टमका लागि महाराजगंजस्थित टिचिङ अस्पतालमा राखिएको छ । ५३ वर्षिय पत्रकार शाक्यले आत्महत्या गर्नु अगाडि परिवारका लागि एक पत्र लेखेका छन्…