Fri. Apr 26th, 2024

दर्शकहरुको बहु प्रतिक्षित फिल्म कारखानाले दर्शकको आपार माया पाएको छ l शुक्रबार रिलिज भएको चलचित्रले शनिबार सिंगल र मल्टिप्लेक्स सबै हलहरु हाउसफुल गर्न सफल भएको छ l फरक धारमा निर्माण भएको यस चलचित्रले दर्शकको सकारात्मक प्रतिक्रियाका साथै माया र सहयोग पाइरहेको छ l
प्रेमकथामा आधारित सो फिल्ममा दुई लिड कलाकार सुशिल श्रेष्ठ र बर्षा सिवाकोटीको प्रेम संघर्ष देख्न सकिन्छ । शुशिल श्रेष्ठ फिल्म होस्टेल रितर्न्स र बर्षा सिवाकोटी फिल्म पशुपति प्रसाद बाट नेपाली फिल्म मा डेव्यु गरेका हुन् l सुशिल र बर्षाका अलवा फिल्ममा नविन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा लगायतका कलाकारको पनि मुख्य भूमिका छ भने उक्त फिल्ममा प्रेम, अवरोध र द्धन्द्धको रस मिसाइएको फिल्मको स्वाद पाउन सकिन्छ ‘कारखाना’ मा उठान गरेको कथावस्तु एकदमै स्ट्रोंग रहेको निर्माण पक्षले जनाएको छ । निर्देशक अमर दिप सापकोटाले फिल्ममा फरक कथावस्तु उठाएका कारण दर्शकहरुले मनपराउने बताएका छन् । फिल्मलार्इ सुदिप खड्का र अमर बज्राचार्यले निर्माण गरेका हुन्। चन्द्र पन्तको द्वन्द्व, अनिल शाही, हर्कुलस बस्नेत र कल्याणको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

Leave a Reply

%d bloggers like this: