Sat. Apr 27th, 2024

फिल्म प्रचारका लागि नेपाल-टुरमा हिंडेका ‘प्रेमगीत २’ले तनहुँको दमौलीमा सुक्रवार भव्य कन्सर्ट आयोजना गरेका छन् । दमौली दर्शकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा फिल्म प्रचारसंगै मनोरंजन पनि भएको दमौलीबासीकोभनाई छ ।
फिल्मका पोस्टर समावेश एक ठुलो ट्रकमा सो कार्यक्रम दमौलीको फूटबल खेलमैदानमा सम्पन्न भएको हो । कार्यक्रममा फिल्ममा समावेश गीतहरु पस्किने काम सागर राई अनि अपेक्षा केसीले गरे भने माहोल तताउने काम सोनीका रोक्काको नृत्यबाट सुरु भएको थियो  । २ घण्टाको उक्त लामो कार्यक्रममा दमौलीबासीको  उत्साहजनक  उपस्थिति नै प्रदीप र अश्लेषाको लागि शक्तिको श्रोत बनेको थियो ।
कार्यक्रममा सागरको गीतमा दमौलीका दर्शक झुम्न थालेसी फिल्मटिम हर्षित भएका थिए । कार्यक्रममा ‘मोटरसाइकलमा’ बोलको गीत घन्किएपछी प्रदिपले अश्लेषालाई बुलेट बाईकमा राखी स्टेजमा प्रवेश गरेका थिए । जब स्टेजमा प्रदीप र अश्लेषा पुगे तव स्टेजछेउ आउने दर्शकको ठेलमठेल भएको थियो ।
दमौलीको खेलमैदान पनि भरिएको उक्त मैदानमा ७०० देखि ८००को संख्यामा भिड जामा भएका थिए झन् त्यसमाथि स्टेजबाट अभिनेता प्रदीप हामफालेर दर्शकमाझ पुग्दा भिडको त्यो स्थिति सम्हाल्न एकछिन गाह्रो भएको थियो । नेपालटुर लाई लिड गर्ने फिल्मका निर्माता एवम् कलाकार सन्तोष सेनले कार्यक्रम उत्साहजनक सम्पन्न भएको जनाए ।
श्रावन १३मा रिलिज हुने यस फिल्मप्रति नेपाली दर्शकको साथ् अनि सहयोग रहेको कुरा दमौलीको त्यो सम्हालनै नसकिने भिडले प्रस्टाएको छ । निर्माता सन्तोष सेनले दिएको जानकारी अनुसार शनिवार भने पोखरामा भब्यरुपमा कन्सर्ट हुने भएको छ ।
रामशरण पाठक निर्देशित  फिल्ममा प्रदिप र अश्लेषाका अतिरिक्त  भुवन चन्द, राजाराम पौडेल, कैलाश कटवाल, कविता रेग्मी, शिशिर भण्डारी, बिष्णु सुवेदी, कुमार कार्की लगायत अन्य कलाकारको मुख्य अभिनय छ ।

Leave a Reply

%d bloggers like this: