Thu. Apr 25th, 2024
निर्देशक निलु डोमाको शनिबार निधन भएको छ । काठमाण्डौको टिचिङ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । आफ्नै निवास बालुवाटारमा हृदयघात भएपछि उनलाई उपचारका लागि टिचिङ अस्पताल पु¥याइएको थियो ।
गएको वर्ष रिलिज भएको फिल्म ‘हाउ फन्नी’ निर्देशन गरेकी निर्देशक निलु डोमा शेर्पा हार्ट अट्याकका कारण उनको शनिवार विहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ  अहिले उनको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा नै राखिएको छ ।
 उनले निर्देशन गरेको फिल्म ‘हाउ फन्नी’ले व्यावसायिक सफलता हात नपारेपनि गीत-संगीत भने अझैपनि चर्चामा छन् । हालैमा फिल्म ‘हाउ फन्नी’को ‘शिरैमा शिरबन्दी’ बोलको गीतलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ । सरल स्वभाबकी निलु डोमा शेर्पाको निधनको खबरले नेपाली फिल्म क्षेत्र स्तब्ध भएको छ ।
 प्राप्त जानकारी अनुसार, निलु लामो समयदेखि अस्वस्थ थिइन् । हिजो शुक्रवारमात्र उनी नायिका नीशा अधिकारीको विवाहमा पनि सहभागी भएकी थिइन् । उनले फिल्म ‘सुनगाभा’मा मुख्य सहायक निर्देशकको रुपमा पनि काम गरेकी थिइन् भने फिल्म ‘पुन्टे परेड’मा मुख्य भूमिका समेत निर्वाह गरेकी थिइन् । उनी नयाँ फिल्कमो निर्देशनको तयारीमा समेत थिइन् ।

Leave a Reply

%d bloggers like this: