Fri. Apr 19th, 2024

 
बेलायतको थर्ड आर्इ कम्पनी र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजनामा गएको शनिवार ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’ बेलायतको अल्डरसट स्थित एम्पायर हलमा सम्पन्न भएको छ । ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’ मा नायक आर्यन सिग्देललाई फिल्म ‘होमवर्क’बाट उत्कृष्ट नायकको अवार्ड दिइयो भने नायिका केकी अधिकारीले फिल्म ‘लभ साशा’बाट उत्कृष्ट नायिकाको अवार्ड उचालिन् ।
उत्कृष्ट फिल्म ‘वीर विक्रम’ हुन सफल भयो भने उत्कृष्ट निर्देशकको अवार्ड यही फिल्मबाट मिलन चाम्सले हात पारे ।चलचित्र बिर विक्रमले बेस्ट डाइरेक्टर ,बेस्ट मुभी ,डेब्यु एक्ट्रेस दिया पुन ,बेस्ट भिलेन अर्पण थापा ,बेस्ट सिनेमाटोग्राफी,राम कुमार के सी , सर्बश्रेष्ट गायक तर प्रकाश लिम्बु गरि ६ विधामा अवार्ड हात पार्न सफल भयो l आयोजनामा दर्शक, सञ्चारकर्मी, प्राविधिक र नेपालबाट अवार्ड समारोहमा पुगेक ६ दर्जन चलचित्रकर्मीलाई आयोजक संस्था बक्स अफिस इन्टरनेशनलका अध्यक्ष आर.के.सुवेदी र बेलायत आयोजकको थर्ड आर्इका प्रमुख विकास देवकोटाको धन्यवाद ज्ञापन गरे । अवार्ड समहारोमा करिश्मा मानधर, आर्यन सिग्देल, केकी अधिकारी, योगेस्वर अमात्य, अशिस्मा नकर्मी, वर्षा सिवाकोटी, सुरविना कार्की ,अनुप बिक्रम शाही, कुशल थापा, नम्रता योगी, सर्मिला बर्देवा, आनन्द कार्की र बेलायतमा बसाबास गर्ने कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।
‘दशौं बक्स अफिस अवार्ड’मा सहभागी हुन बेलायत पुगेका अधिकांश कलाकार र प्राविधिकहरुले अवार्ड पाएका छन् भने कार्यक्रममा आफ्नो प्रस्तुती दिएकालाई पनि अवार्ड दिइएको छ । हुनत, विदेशमा मात्र होइन नेपालमा हुने अवार्ड कार्यक्रहरुमा पनि यस्ता महान कार्यहरु भैरहेका छन्, जसले गर्दा विस्तारै दर्शक र चलचित्रकर्मीहरुको नै विश्वास नेपाली अवार्डहरुले गुमाउँदै गएका छन् ।
कस-कसले जिते अवार्ड ? (नामावली सहित)
सर्वश्रेष्ठ मेक-अप
सरोज पाण्डे – पुरानो डुङ्गा
सर्वश्रेष्ठ कला निर्देशक
आशिष दाहाल/कसम नेपाल – जंगे
सर्वश्रेष्ठ भेषभूष (ड्रेस डिजाइन्)
उत्तम बनेपाली – के म तिम्रो होइन र
सर्वश्रेष्ठ ध्वनि मिश्रण
सुनयमान श्रेष्ठ – छक्का पञ्जा
सर्वश्रेष्ठ पाश्र्व संगीत
शैलेश श्रेष्ठ – गाजलु
सर्वश्रेष्ठ कलर करेक्सन
राजेन्द्र मोक्तान – गाजलु
सर्वश्रेष्ठ भि. एफ. एक्स
अनन्त घिमिरे – द विनर
सर्वश्रेष्ठ खल-नायक
अर्पण थापा – वीर विक्रम
सर्वश्रेष्ठ हास्य कलाकार
केदार घिमिरे (माग्ने बुढो) – छक्का पञ्जा
सर्वश्रेष्ठ बाल कलाकार
साइब्रत आचार्य – छाँया
सर्वश्रेष्ठ नृत्य निर्देशक
विक्रम स्वाार – ठमेल बजार (लुट २)
सर्वश्रेष्ठ पटकथा
दीपकराज गिरी – छक्का पञ्जा
सर्वश्रेष्ठ संवाद
दीपकराज गिरी – छक्का पञ्जा
सर्वश्रेष्ठ कथा
लक्ष्मण सुवेदी – लालजोडी
सर्वश्रेष्ठ सम्पादक
विपिन मल्ल – छक्का पञ्जा
सर्वश्रेष्ठ छायाँकार
राम कुमार केसी – वीर विक्रम
सर्वश्रेष्ठ द्धन्द निर्देशक
एन. बी. महर्जन – जय पर्शुराम
सर्वश्रेष्ठ चरित्र अभिनेता
माओत्से गुरुङ – पुरानो डुङ्गा
सर्वश्रेष्ठ चरित्र अभिनेत्री
मिथिला शर्मा – के म तिम्रो होइन र
सर्वश्रेष्ठ सह-नायक
सलोन बस्नेत – गाजलु
सर्वश्रेष्ठ सह-नायिका
मेनुका प्रधान – पुरानो डुङ्गा
सर्वश्रेष्ठ नव-नायिका
दिया पुन – वीर विक्रम
सर्वश्रेष्ठ नव-नायक
आर्यन अधिकारी – के म तिम्रो होइन र
सर्वश्रेष्ठ नायिका
केकी अधिकारी – लभ साशा
सर्वश्रेष्ठ नायक
आर्यन सिग्देल – होमवर्क
सर्वश्रेष्ठ नव-निर्देशक
नरेश केसि – डाइङ क्याण्डल
सर्वश्रेष्ठ निर्देशक
मिलन चाम्स – वीर विक्रम
सर्वश्रेष्ठ फिल्म
वीर विक्रम
कार्यक्रममा संगीत अवार्डपनि प्रदान गरिएको छ । शान्ति प्रियलाई ‘छक्का पन्जा’मा समाबेश ‘सुनन चम्पा’ बोलको गीतबाट उत्कृष्ट गीतकारको अवार्ड प्रदान गरियो भने ‘छक्का पन्जा’बाटै राजनराज सिवाकोटीले पनि उत्कृष्ट संगीत विधामा अवार्ड उचाले । यस्तै, ‘छक्का पन्जा’बाट गायिका अन्जु पन्तले उत्कृष्ट गायिकाको अवार्ड पाइन् भने ‘वीर विक्रम’बाट तारा प्रकाश लिम्बुले उत्कृष्ट गायकको अवार्ड पाए ।
सर्वश्रश्रेष्ठ स्टुडियो रेड स्टिडियो, ‘छक्का पन्जा’बाट सर्वश्रश्रेष्ठ पोस्टर डिजाइन सुन्दर श्रेष्ठ, ‘छक्का पन्जा’बाट सर्वश्रश्रेष्ठ निर्माण नियन्त्रक सुमनराज गिरी, ‘के म तिम्रो होइन र’ बाट सर्वश्रेष्ठ प्रोमो साहिल खान, ‘छक्का पन्जा’बाट सर्वश्रश्रेष्ठ वितरक गोपालकाजी कायस्थ र ‘वीर विक्रम’बाट केदार पराजुलीले अवार्ड उचाले ।
यस्तै, ‘तीन घुम्ती’लाई सर्वश्रेष्ठ विशेष चलचित्रको अवार्ड प्रदान गरियो । सर्वश्रेष्ठ सफल डिजिटल कारोबार हाइलाइट् नेपालले अवार्ड उचाल्दा सर्वश्रेष्ठ सफल सिनेमा हलको अवार्ड अस्ट्नारायण हलले उचाल्यो । सर्वश्रेष्ठ सक्रिय संघसंस्था कलाकार संघ, सर्वश्रश्रेष्ठ अवार्ड आयोजना नेफ्टा अवार्ड, सर्वश्रेष्ठ कलाकार ज्योति काफ्ले सर्वश्रेष्ठ नायिका आयुश्मा कार्की, सर्वश्रेष्ठ नायक निखिल उप्रेती, सर्वश्रेष्ठ निर्माता सन्तोष अन्जु, सर्वश्रेष्ठ निर्देशक दिपाश्री निरौला र सर्वश्रेष्ठ लाइफटाइम अचिभमेन्ट दीपक क्षेत्रीलाई प्रदान गरियो ।
यस्तै, पत्रकारिता युवा प्रोत्साहन पुरस्कार ‘ठूलोपर्दा डटकम’का प्रधान सम्पादक जीवन पराजुलीलाई प्रदान गरिँदा पत्रकारिता नगद सम्मान श्याम अर्याललाई दिइयो । कार्यक्रममा सुन्दर लाल श्रेष्ठलाई विशेष सम्मान पनि प्रदान गरिएको थियो ।

Leave a Reply

%d bloggers like this: