नायक आशिरमान देशराजले चलचित्र ‘ब्रेकअप’का लागि १५ लाख पारिश्रमिक लिए

फागुण ४ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘ब्रेकअप’को निर्माण टिमले अभिनेता आशिरमान देशराज जोशीलाई अनुवन्धित गरेको छ पहिलो चलचित्र रिलिज नहुँदै नायक आशिरमान देसराज दोश्रो चलचित्र ‘ब्रेकअप’मा महंगो रकम लिएर अनुवन्धित भएका छन् । नायक देसराजले दोश्रो चलचित्र ‘ब्रेकअप’का लागि १५ लाख पारिश्रमिक लिएको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् । यसअगाडि चलचित्र ‘गाजलु’ बनाएर…

Read More

फिल्म ‘ए मेरो हजुर-२’ को दोस्रो गीत “किनीदेउ न साइला दाई” सार्वजनिक

भदौ १६ गतेबाट अलनेपाल रिलिज हुन लागेको  फिल्म ‘ए मेरो हजुर-२’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘किनीदेउ न साइला दाई’ बोलको गीतमा साधना सरगमको स्वर र बसन्त सापकोटाको शब्द-संगीत सुन्न सकिन्छ । भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् ।  गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ठुम्का लगाएकी छिन् । यसअघि फिल्मको ‘कसम हो’ बोलको गीत…

Read More

चलचित्र लाउरेको शुभमुर्हत कार्यक्रममा निर्माता सुनिल रावलले चलचित्र पत्रकार संघलाइ रु ५० हजारहस्तान्तरण

  सोमबार राजधानिको कमलादि स्थित गणेश मन्दिरमा पुजाआजा गर्दै दुर्गिश ब्यानर बाट निर्माण गरिने चलचित्र लाउरेको शुभसाइत गरिएको छ ।जेठ २१ देखि फ्लोरमा जाने चलचित्र लाउरेमा धरानको कथालाइ उठाइएको छ ।ब्रिटीस आर्मिमा जागिर खान गएको एक यूवाको कथा, युवाको माया, दुर्ब्यशन र समस्यालाइ लाउरेमा प्रस्तुत गरिएको छ । चलचित्रलाइ निगम श्रेष्ठले निर्देशन गर्ने भएका छन्…

Read More

“नेपालमा बक्सअफिस लागू नै भएको छैन् तर मल्टिप्लेक्स हलहरुले आफ्नै बक्सअफिस सुरु गरिसकेका छन्

बक्सअफिस लागू गर्नेविषयमा सोमवार राजधानीमा चलचित्र पत्रकार संघ, नेपालले प्रत्येक महिनाको १५ गते आयोजना गर्ने “स्पीकर्स कर्नर” को पहिलो श्रृंखला अन्तर्गत “नेपालमा बक्सअफिस” विषयमा विभिन्न चलचित्र सम्बन्धि संघ–संस्थाका प्रतिनिधि र फिल्म निर्देशकसँग छलफल गरेको छ । उक्त छलफल कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र निर्माता संघका उपाध्यक्ष…

Read More

बिग्रिएको जोनी अब भदौ ३० गते जेन्टलम्यान बन्दै :’जोनी जेन्टलम्यान’

 नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को प्रदर्शन मिति जेठबाट पछाडि सारिएको छ । देशको वर्तमान राजनीति घटनाक्रमले फिल्मको व्यापारमा असर गर्ने देखिएपछि निर्माणपक्षले फिल्मको रिलिज डेट भदौ ३० गतेलाई लक गरेको छ । यही जेष्ठ १९ गतेलाई रिलिज डेट लक गरेको पल शाह स्टारर फिल्म ‘जोनी जेन्टलम्यान’ अब भदौको अन्तिम…

Read More

चलचित्र हिटलरलको शनिबार सुखद व्यापार चलचित्रमा प्रेम कथा ,द्वन्द , हाँसो र पारिवारिक सम्बन्धको मेल

शुक्रबार देखि ऑल नेपाल रिलिज भएको चलचित्र हिटलरले शनिबार सुखद व्यापार गरेको छ। दर्शकहरुको माया पाएको उक्त चलचित्रले नेपाली बजारमा चलचित्रको हाईप निकै बढाएको छ। चलचित्रले आफ्नो २ गीत र ट्रेलर सार्वजनिक गरे यता दर्शकको मन जिती सकेको थियो । दर्शकले रारा लेकमा छायांकन गरिएको दृश्यलाई एकदमै तारिफ गरेका छन् l चलचित्रको नामको कारणले बिबादमा…

Read More

फिल्म ‘धनपति’ को ट्रेलर सार्वजनिक,छोरीलाई बोर्डिङ स्कुलमा पढाउनका लागि गरेको संघर्ष ट्रेलरमा

  शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै  फिल्म ‘पशुपति प्रसाद’ को व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रा. लि.ले दीपेन्द्र के. खनाल प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको दोस्रो फिल्म ‘धनपति’ को ट्रेलर सार्वजनिक भएको छ ।  फिल्मका लिड कलाकार खगेन्द्र लामिछाने आफ्नी छोरीलाई बोर्डिङ स्कुलमा पढाउनका लागि गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।   उनीसँगै फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा,…

Read More

फिल्म ‘पर्व’ को भब्य प्रिमियर शो सम्पन्न नायिका नम्रता श्रेष्ठ आकर्षक पहिरनमा उपस्थित

फिल्म ‘पर्व’ को बुधवार काठमाडौंमा भब्य प्रिमियर शोको आयोजना गरिएको थियो । साँझ ६ बजे बिग मुभिजमा आयोजना गरिएको ‘पर्व’ प्रिमियरमा नायिका नम्रता श्रेष्ठ आकर्षक पहिरनमा उपस्थित भएकी थिइन् ।उनको साथमा प्रेमी दावा शेर्पा पनि थिए । घाँटी र पछाडिको भाग बढी खुलेको खरानी रंगको कपडामा ‘पर्व’ प्रिमियरमा देखिएकी उनलाई आफ्नो पहिरन सम्हाल्न भने निकै…

Read More

बहुप्रतिक्षित फिल्म ‘हिटलर’को चर्चा दिनानुदिन बढ्दै , दर्शकहरु उत्साहित

बहुप्रतिक्षित  फिल्म हिटलरको  रिलिज हुने दिन नजिकदै गर्दा  दर्शकहरु उत्साहित भएका छन, अष्टनारायण  पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म ‘हिटलर’  जेठ १२ गते रिलिज हुदै  छ । विश्वका क्रूर शासकको रुपमा चिनिने एडल्फ हिटलरको नामसँग मिल्ने भएका कारण पनि फिल्म ‘हिटलर’को चर्चा खुबै छ ।सार्वजनिक एक रोमान्टिक गीतबाटै प्रतिक्षित बनिरहेको ‘हिटलर’ निर्माण अगावैदेखी चर्चामा थियो ।…

Read More

बलीउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’

 सोमवार कान्स फिल्म फेस्टिबलमा बलीउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’ को पोष्टर सार्वजनिक भएको छ । प्रियंका चोपडाकी आमा मधु चोपडाले फिल्मको पोष्टर र टीजर पनि सार्वजनिक गरेकी हुन् । पोष्टरमा एक बालक र एक बालिकालाई देख्न सकिन्छ । पोष्टरमा बालिका खाना पकाइरहेकी छिन् भने बालक एक बच्चालाई खेलाइरहेको देख्न सकिन्छ ।…

Read More