Thu. Apr 25th, 2024

फागुण ४ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘ब्रेकअप’को निर्माण टिमले अभिनेता आशिरमान देशराज जोशीलाई अनुवन्धित गरेको छ पहिलो चलचित्र रिलिज नहुँदै नायक आशिरमान देसराज दोश्रो चलचित्र ‘ब्रेकअप’मा महंगो रकम लिएर अनुवन्धित भएका छन् । नायक देसराजले दोश्रो चलचित्र ‘ब्रेकअप’का लागि १५ लाख पारिश्रमिक लिएको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् । यसअगाडि चलचित्र ‘गाजलु’ बनाएर सफल भएका अधिकारीले आशिरमानलाई लिड नायकमा फाइनल गर्दै ‘ब्रेकअप’ बनाउन लागेका हुन् ।यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गर्दैछन् । नायक आशिरमानले अभिनय गरेको पहिलो चलचित्र ‘ग्याङस्टार ब्लूज’ भदौ २ गतेबाट रिलिज हुँदैछ । ‘ग्याङस्टार ब्लूज’लाई पनि हेमराज वीसीले नै निर्देशन गरेका हुन् ।रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका लागि लिड नायिकको खोजी भैरहेको छ ।
निर्माता अधिकारीले आशिरमानलाई १५ लाख पारिश्रमिक दिनुको कारणबारे भने-‘चलचित्र रिलिज नहुँदै आशिरमानको फ्यान क्रेज निकै छ । उत्कृष्ट अभिनय र ह्यान्डसम लुकका कारण म प्रभावित भएको हुँ ।’रोहितले आशिरमानलाई १३ लाख पारिश्रमिक, १ लाख पहिरन खर्च र १ लाख चलचित्र हिट भएपछि दिने संझौता गरिएको बताए ।
रोहित अधिकारी, दीपक खतिवडा र रुपक थापाले मिलेर यो चलचित्र बनाउन लागेका हुन् ।

Leave a Reply

%d bloggers like this: