Fri. Apr 19th, 2024
 सोमवार कान्स फिल्म फेस्टिबलमा बलीउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’ को पोष्टर सार्वजनिक भएको छ । प्रियंका चोपडाकी आमा मधु चोपडाले फिल्मको पोष्टर र टीजर पनि सार्वजनिक गरेकी हुन् । पोष्टरमा एक बालक र एक बालिकालाई देख्न सकिन्छ । पोष्टरमा बालिका खाना पकाइरहेकी छिन् भने बालक एक बच्चालाई खेलाइरहेको देख्न सकिन्छ ।
 प्रियंका चोपडाको पर्पल पिबल प्रोडक्सनले यो फिल्म निर्माण गर्न लागेको हो । यो फिल्मलाई महिला निर्देशक पाखी ए ताइरीवालाले निर्देशन गरेकी हुन् । माओवादी द्वन्द्वका कारण नेपालबाट विस्थापित भई सिक्किममा पुगेको कथा समेटिएको फिल्ममा सिक्किमकै कलाकार र प्राविधिक आबद्ध छन्।फिल्म ‘पौवा’ अर्थात ‘पाहुना’ मा आमा बुबाबाट छुटिएको बालबालिकाको कथा समेटिएको छ।

Leave a Reply

%d bloggers like this: