Sat. Apr 27th, 2024
 नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को प्रदर्शन मिति जेठबाट पछाडि सारिएको छ । देशको वर्तमान राजनीति घटनाक्रमले फिल्मको व्यापारमा असर गर्ने देखिएपछि निर्माणपक्षले फिल्मको रिलिज डेट भदौ ३० गतेलाई लक गरेको छ । यही जेष्ठ १९ गतेलाई रिलिज डेट लक गरेको पल शाह स्टारर फिल्म ‘जोनी जेन्टलम्यान’ अब भदौको अन्तिम शुक्रवारबाट प्रदर्शनमा आउने भएको छ ।
 बैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनले नेपाली फिल्मको व्यापारलाई ठूलो असर पुगेको थियो । त्यस्तै, जेष्ठ ३१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनले पनि फिल्मको व्यापारलाई असर गर्ने छाँटकाट देखिएपछि ‘जोनी जेन्टलम्यान’ को रिलिज दुई महिना पछाडि धकलिएको फिल्मका निर्देशक नितिन चन्दले जानकारी दिए ।
 फिल्मको नयाँ रिलिज डेट घोषणासँगै निर्माणपक्षले नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा नायक पल शाह र नायिका आँचल शर्मा फिचरिङ छन् । यसअघि फिल्मको दुई गीत रिलिज भैसकेको छ भने अब दर्शकहरु फिल्मको ट्रेलरको प्रतिक्षामा छन् । कमेडी, एक्सन र प्रेमको मिश्रण फिल्ममा छ । नेपाल र भारतका विभिन्न रमणिय स्थानमा फिल्मको छायांकन गरिएको छ । एन्ड्रियु पौडेलको निर्माण रहेको फिल्ममा जोनीको भूमिकामा रहेका पललाई नितिनले एंग्री योङ म्यानका रूपमा देखाउन खोजेका छन् । बिग्रिएको जोनी कसरी जेन्टलम्यान बन्छ भन्ने कथालाई यो चलचित्रमा उठान गरिएको छ ।

Leave a Reply

%d bloggers like this: